मेयरलाई सँगै लिएर समस्या र सुझाव सुन्न जनताको घरदैलोमा पुग्दै कोइराला

विराटनगर । संघीय सांसद डा. शेखर कोइरालाले आफ्ना क्षेत्रका जनतासितको भेटघाटको क्रमलाई बाक्लो बनाएका छन् ।

निर्वाचित भएर गएपछि जनतालाई बेवास्ता गर्ने गरेको भन्दै जनप्रतिनिधिमाथि लागेको आरोप चिर्दै सांसद कोइरालाले जनताको घरदैलोमै पुगेर समस्या र सुझाव लिने क्रमलाई विगतमा भन्दा बाक्लो बनाएका हुन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई साथैमा लिएर आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलो पुग्ने क्रमलाई सांसद कोइरालाले तीव्रता दिएका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका कोइराला यसअघि पनि निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुगेर उनीहरुका विभिन्न समस्याहरु समाधान गर्दै आएका थिए । कोइराला पार्टीका विभिन्न कार्यक्रममा देश दौडाहामा हुँदा क्षेत्रमा कम आउने गरेको गुनासो थियो ।

दसैं–तिहारयता भने सांसद कोइराला काठमाडौंमा भन्दा विराटनगरमै बढी बस्न थालेका छन् । पार्टीको कार्यक्रम सकेर उनी विराटनगर नै फर्किने गरेका छन् । केही दिनअघि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भएर नेता कोइराला पुनः विराटनगर फर्किए । बिहीबार सांसद कोइरालाले विराटनगर–१२ को बखरी क्षेत्रका स्थानीयसित भेटघाट गरे । भेटघाटका क्रममा कोइरालासित स्थानीयले सडक र नाला निर्माणसँगै डुबान समस्या समाधान गर्न माग गरेका थिए । उनीहरुले फोहोर व्यवस्थापन, रोजगारी सिर्जना, लागूऔषध नियन्त्रणलगायतका विषय पनि उठाएका थिए ।

सांसद र मेयर घरदैलोमै आएर जनताका समस्या सुन्नु निकै खुसीको कुरा भएको स्थानीय सहदेव चौधरीले बताए । तत्कालै पूरा नभए पनि आफ्ना समस्या सुनिदिएकोमा मनै हलुङ्गो भएको उनको भनाइ थियो । ‘समस्या समाधान होस् नहोस् तर राख्न त पाइयो नि,’ उनले भने, ‘कम्तीमा उहाँहरुलाई जनता कति समस्यामा बसेका रहेछन् भन्ने जानकारी त भयो ।’ उनले आफ्नो घर अगाडिको सडक र नाला बनाइदिन आग्रह गरेका थिए ।

शिक्षक ओम आचार्यले सबै जनप्रतिनिधिहरु जनताको घरदैलोमा पुग्दा जनतामा आशावादी हुने प्रतिक्रिया दिए । जितेपछि नाकमुख नदेखाउने प्रवृत्तिले नेताप्रति जनताको वितृष्णा जाग्नुका साथै निराश पनि हुने गरेको उनको टिप्पणी थियो । ‘हामी सबैलाई थाहा छ अहिले मुलुक नै आर्थिकमन्दीमा छ । महानगरसित पैसा छैन । सांसदले आफ्नो क्षेत्रमा खर्च गर्ने पैसा सरकारले छुट्याएको छैन,’ आचार्यले भने, ‘तर जनताका बीचमा गएर कुरा सुनिदिँदा पनि धेरै राम्रो सन्देश जान्छ ।’ राष्ट्रिय नेता डा. कोइराला झन् जनताको घरदैलोमा पुग्दा सकारात्मक सन्देश जाने उनको भनाइ थियो ।

जनताको गुनासो सुनेपछि सांसद कोइरालाले धेरै निराश नहुन आग्रह गरेका थिए । उनले स्थानीयस्तरबाट हुने काम गर्नकै लागि पनि मेयरलाई साथैमा लिएर आएको प्रस्टीकरण दिएका थिए । उनले फाहोर व्यवस्थापनका लागि आफूले पहल गरिरहेको जानकारी दिए । मेयर कोइरालाले महानगरभित्र अहिले धेरै काम भइरहेको दाबी गरे । उनले राजवंशीचोक पश्चिम पुलचोकदेखि सुनसरी–मोरङ सिंचाइ आयोजनाको नहरमा कालोपत्रे गर्ने काम सुरु भइसकेको जानकारी दिए । उनले यसै आर्थिक वर्षभित्र नहरको साढे ५ किलोमिटर सडक कालोपत्रे भइसक्ने बताए । त्यसपछि दक्षिणी क्षेत्रका बासिन्दालाई नोवेल र विराट अस्पताल र इटहरी जान सहज हुने उनले बताए । धरान रोडको ट्राफिक समस्या केही मात्रामा भए पनि कम हुने उनको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।