कलेजमा निर्माण सामग्रीको व्यवसायिक परीक्षण

ललितपुर, ११ पुस । ठूला पूर्वाधार निर्माणहरूमा प्रयोग हुने सिमेन्ट र फलामे डण्डीहरू जस्ता निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण हुने देशमा केही मात्र प्रयोगशालाहरू छन् ।
 
यस्तो अवस्थामा अब एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ललितपुरले पनि सो सेवा निर्माण व्यवसायीहरूलाई दिन शुरू गरेको छ । 
 

नेपाल गुणस्तर तथा नापतौल विभागबाट स्वीकृति प्राप्त कलेजको सिभिल प्रयोगशालामा निर्माण सामग्रीहरू गुणस्तरीय छ कि छैन भनी जाँच गर्न आवश्यक सबै सुविधा उपलव्ध भएको कलेजले जनाएको छ ।
 
यसले कलेजका विद्यार्थीहरूलाई पनि बजारमा चाहिने सिप हासिल गर्न सजिलो भएको कलेजको भनाई छ । 

कलेजका विद्यार्थी तथा शिक्षकहरूले आफ्ना शोध कार्यहरूमा ती प्रयोगशालाहरू नियमित प्रयोग गरी राखेकोमा अबदेखि कलेज बाहिरका अनुसन्धानकर्ताहरूलाई समेत ती सुविधाहरू मुनाफारहित ढाँचामा उपलव्ध गराउने भएको जनाएको हो ।
 
यसले देशभित्रका इन्जिनियरिङ तथा मेटेरियल साइन्सका अन्वेषकहरूलाई कलेजको प्रयोगशालाले सुलभ सुविधा दिने आँकलन गरिएको छ । 

कलेजको प्रयोगशालामा भएको अत्याधुनिक युनिभर्सल टेस्टिङ मेसिन (युटिएम) प्रयोग गरी नेपालका क–वर्गका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीहरू परीक्षण गर्न मिल्ने र प्रयोगशालाबाट दिइने गुणस्तरको प्रमाणपत्रलाई सरकारी निकायले समेत मान्यता दिने भएकोले निर्माण व्यवसाय वा मेटेरियल साइन्स विधामा संलग्न सबैले एभरेष्ट इन्जिनियरिङ कलेजको प्रयोगशालाबाट लाभ लिन सक्ने कलेज प्रशासनले जानकारी दिएको छ ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।