झापा, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर, पुस १२ गते । झापा, सुनसरी र उदयपुरबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस ११ गते दिउँसो झापाको बिर्तामोड नगरपालिका-१ बस स्टेण्ड स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले इलाम सुर्योदय नगरपालिका-८ का २८ बर्षीय सुमित श्रेष्ठलाई ६ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित र दमक नगरपालिका-४ का २१ बर्षीय सन्देश राईलाई १ ग्राम २०० मिलिग्राम ब्राउन सुगर सहित झापा गाउँपालिका- ४ बाट इलाका प्रहरी कार्यालय कुमरखोदले पक्राउ गरेको हो ।

त्यसैगरी सुनसरीको ईनरुवा नगरपालिका-२ का २५ बर्षीय अजय कुमार मण्डललाई २७० मिलिग्राम ब्राउन सुगर सहित जिल्ला प्रहरी कार्यालय सुनसरीले र बराहक्षेत्र नगरपालिका-२ का २६ बर्षीय बिज्ञान राईलाई प्रतिबन्धित औषधी ट्रामाडोल ९१ ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय चतराबाटले नियन्त्रणमा लिएको हो ।

त्यसै गरी इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को.१ प ११६२ नम्बरको मोटरसाईकल सहित बेलका-२ का २४ बर्षीय प्रमोद चौधरी र २६ बर्षीय रोशन चौधरीलाई २ किलोग्राम गाँजा सहित नियन्त्रमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।