विराटनगर स्थित दुर्गा मन्दिर परिसरमा न्यानो कपडा कम्बल बितरण

बिराटनगर, पुस १२ गते । मोरङको बिरानटनगर महानगरपालिका-१६ स्थित दुर्गा मन्दिर परिसरमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा कम्बल बितरण गरिएको छ ।

पुस १२ गते समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेको विशिष्ट आतिथ्यतामा न्यानो कपडा कम्बल बितरण गरिएको हो ।

इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा संचालन भएको उक्त कार्यक्रममा बिराटनगर महानगरपालिका १२,१३,१४,१५,१६ र १७ नम्वर वडामा वसोवास गर्ने अल्पसंख्यक, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलाहरु समेत २ सय जनालाई न्यानो कपडा कम्बल वितरण गरिएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रदेश प्रहरी प्रमुख राजन अधिकारीले हामी बिभिन्न जातजाती, भाषा, धर्म र सस्कृतिको भएता पनि समाजमा भावनात्मक रुपमा सबै समान रहेको हुँदा एक ले अर्कोलाई सकेको सहयोग गर्नु, हामीमा प्रेमको भाव हुनु मानव जातिको परम धर्म र कर्तब्य रहेको बताउनु हुँदै हाम्रो समाज बिभिन्न समस्या र अभावहरुसँग लडिरहेको अवस्थामा मानव सेवामा समर्पित न्यानो कपडा बितरण पुन्य कर्म रहेकोले यस्ता किसिमका समाजसेवी कार्यहरुमा विभिन्न संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी कोशी प्रदेश प्रहरी निरन्तर मानव सेवामा लागिरहने बताउनु भयो । साथै वहाँले यस पुनित कार्यमा सहयोग पुर्‍याउनु हुने सामुदायिक सेवा केन्द्र रानी र समित शारडा स्मृती प्रतिष्ठानलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, सामुदायिक सेवा केन्द्र रानीका अध्यक्ष किशोर सुव्वा, समित शारडा स्मृति प्रतिष्ठानका अध्यक्ष श्री निवास सारडा, बिराटनगर महानगरपालिका १५ र १६ का वडा अध्यक्ष, स्थानियबासी, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।