विराटनगरस्थित भानु कलेजको कवितामा रिया र वक्तृत्व प्रतियोगितामा एन्जिला प्रथम

विराटनगर । विराटनगरस्थित भानु कलेजले आयोजना गरेको कविता प्रतियोगितामा रिया सुवेदी प्रथम भएकी छन् । ‘छोरी’ शीर्षकको कविता वाचन गरेर रियाले प्रथम पुरस्कार प्राप्त गरेकी हुन् ।

विद्यार्थीभित्र लुकेर बसेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजित कार्यक्रममा ‘गरिबको पीडा’ शीर्षकको कविता वाचन गरेर एन्जल श्रेष्ठ द्वितीय, ‘म हावा बोलिरहेछु’ शीर्षकको कविता वाचन गरेर जानकी राजवंशी तृतीय र ‘हाम्रो देशमा भ्रष्टाचार’ शीर्षकको कविता वाचन गरेर अंशुकुमार यादवले सान्त्वना स्थान प्राप्त गरे ।

कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । कलेजका शिक्षक वसन्त बस्नेतसमेत निर्णायक रहेको समितिले उत्कृष्ट प्रतियोगितामा भाग लिएका १८ जना प्रतिस्पर्धीमध्येबाट पुरस्कृतको नाम छनौट गरेको हो । त्यस्तै कलेजले ‘नेपालको समृद्धि र विकासः चुनौती र अवसरहरु’ विषयक वक्तृत्वकला प्रतियोगिता पनि आयोजना गरेको छ । प्रतियोगितामा उत्कृष्ट विचार राखेर एन्जल श्रेष्ठ प्रथम भइन् । त्यस्तै मान्यता बस्नेत द्वितीय हुँदा आर्यन झा तृतीय र पियुष पाठक सान्त्वना भए ।

वक्तृत्वकला प्रतियोगिताको पनि नवोदित र बस्नेतले नै निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदितले पठनपाठनसँगै विद्यार्थीहरुले अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । उनले जुन क्षेत्रमा लागे पनि उत्कृष्ट हुने लक्ष्य राख्न विद्यार्थीहरुलाई आग्रहसमेत गरे । कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठ, कोर्डिनेटर रमेश पाण्डे, अतिरिक्त क्रियाकलापका संयोजक देवेश प्रधान, कलेजका निर्देशक सम्साद अन्सारी, सुशील भगत, दीपक बराल, सोमप्रसाद निरौला, डा. नरेन्द्रकुमार चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कलेजले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यक्रमको अध्ययनसँगै कविता, वक्तृत्व, वादविवाद, चित्रकला, हाजिरजवाफका साथै खेलकुदसहितका अतिरिक्त क्रियाकलाप गर्दै आएको प्राचार्य श्रेष्ठले जानकारी दिए । कलेजमा ६ सय विद्यार्थी अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।