सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
काठमाडौ । हार्ट अट्याकका कारण सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।
हाल पूर्वन्यायाधीश वस्तीको पार्थिव शरीर नर्भिक अस्पतालमै छ।
छोरा विदेशबाट आउन लागेकाले आइतबार मात्रै उनको अन्तिम संस्कार गरिने भएको छ। उनले २०६५ माघ ९ देखि २०७० चैत ३० सम्म सर्वोच्च अदालतको न्यायाधीशका रूपमा काम गरेका थिए।
उनी गुणस्तरीय फैसला लेखन र शोधमूलक कामका लागि परिचित थिए।


