धरानमा याक्थुङ ज्ञान महाेत्सव सुरु

सुनसरी । याक्थुङ युवा मञ्चको आयोजनामा सुनसरीको धरानमा याक्थुङ ज्ञान महोत्सव सुरु भएको छ । लाङघाली सामुदायिक बनको सभाहलमा तीन दिनसम्म हुने महोत्सव शनिबारदेखि सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लेखक, अन्वेषक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौलाले पानसमा दियो बालेर गरेका छन् । कार्यक्रममा नेपालका विभिन्न जिल्लाका याक्थुङ युवाहरु, भारतको सिक्किम लगायत विभिन्न क्षेत्रका युवाहरुको कार्यक्रममा सहभागिता रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि संग्रौलाले लिम्बुवान जाती बसेको माटो मात्र होइन, भूगोल पनि हो भनेका छन् । उनले पहिचानको मुद्दा लिम्बुको मात्र होइन राई, तामाङ, मुश्लिम, दलित, महिला सबैको हो । थातथलो, पुर्खाको कुरा याक्थुङ सम्भयताको कुरा, लिम्बुवान सभ्यताको कुरा, मुन्धुम सभ्यताको कुरा सबै लिम्बुवान पहिचान भएको लेखक संग्रौलाले बताउनु भयो । याक्थुङ पहिचान हो । भाषाको मुद्दा, सभ्यताको मुद्दा, अस्तित्वको मुद्दा भएको भन्दै प्रमुख अतिथि संग्रौलाले राज्यमा समान हक अधिकार प्राप्तिको लागि नै एक हुनु राम्रो हो उनले भने राज्यमा उत्पीडिनहरुलाई शोसकहरुले मुठीमा राख्ने गर्छन् त्यसको विरुद्ध नै पहिचानको आन्दोलन उठ्न आवश्यक रहेको उनले बताए ।

उनले टिकापुरमा अधिकार माग्दा मुद्दा उठाउँदा त्यहाँ उत्पीडितहरु माथि निर्मम यातना भएको महिलाहरुमाथि बलात्कार भएको त्यसको विरुद्ध पहिचान मोर्चा बन्नु पर्दछ भन्दै ज्ञान भनेको शक्ति हो त्यो शक्ति आर्जन गर्नु समानताको लडाई लड्नु नै सभ्यता बचाउनु भएको विश्लेषक संग्रौलाले भने ।

कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेला, लिम्बु विद्यार्थी मञ्चका महासचिव प्रदिप नेयोङ, युवा नेता उदव लङ्वा, ताजुव लिम्बु, कियाचु संघीय सदस्य संगीता लिम्बु, कियाचु संघीय उपाध्यक्ष लगायत वक्ताहरुले आ–आफ्ना विचारहरु राखेका थिए ।

कार्यक्रमको पहिलो दिन सुखिमबाट आउनु भएका इङसा योङहाङले ट्राइबल पोलिटिक्स सिक्किम विथ स्पेशल रिफ्रेन्स टु लिम्बु विषयको कार्यपत्र पेश गर्नुभएको थियो भने यसको टिप्पनी कियाचु लिम्बुवान प्रान्तीय सचिव साङसेन पन्धाकले गरेका थिए ।

यसैगरी फुङ्सोक पोक्मा–साम्मा मुन्धुम नु चोक्थिम्हा शीर्षकको कार्यपत्रमा प्राध्यापक अबोध आङबुहाङले टिप्पणी गरेका थिए । यसरी नै याक्थुङ राष्ट्रगान निर्माणको आधार शिर्षकको कार्यपत्र सागर केरुङले प्रस्तुत गरेका छन् भने यसको टिप्पणी कर्णहाङ सुब्बाले गरेका थिए ।

एक सेसनमा कल्पना लिङदेन, डिल्ली लिङदमले शिक्षामा मातृभाषाको बढ्दो प्रयोग र युवाहरुको भूमिका विषयमा प्यानल बहस गरेका थिए । सो कार्यक्रमको सहजकर्ता संचारकर्मी जिवन लिम्बु रहेका थिए ।

पहिलो सत्रको उद्घाटन कार्यक्रमको सभाध्यक्ष युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गोले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष सुनिल आङ्बो राखेका थिए भने कार्यक्रम संचालन महासचिव मनकुमार आङदेम्बेले संचालन गरेका थिए ।

कार्यक्रमको दोस्रो दिन सुक्खिमे याक्थुङ चलचित्रको अवस्था, मुन्धुम मन्थन, सुखिमे याक्थुङ पाःन थोबोनात्लाम, याक्थुङ पाङयुमेत्हा, जनआन्दोलन पश्चात लिम्बुवान आन्दोलन लगायतका दर्जनौं कार्यपत्रहरु प्रस्तुत हुने युवा मञ्चका महासचिव आङदेम्बेले नेपाली समाचारपत्रलाई बताएका छन् ।

कार्यक्रमको अन्तिम दिन प्रा.डा. महेन्द्र लाओती लगायत लिम्बु याक्थुङ बुद्धिजिवीहरुबाट महत्वपूर्ण विषयमा प्यानल डिस्कस लगायतका कार्यक्रम हुने समेत उनले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।