लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएपछि..
काठमाडौ । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ ।
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलि एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा चरा ठोक्किँदा साँगामा आकस्मिक अवतरण गरिएको छ ।
कुनै क्षति नभएको र हेलिकप्टर पुनः उड्ने तयारीमा रहेको जानकारी कम्पनीले दिएको छ।
हेलिकप्टरमा चालकसहित ६ यात्रु थिए।


