नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेपाल बैंक) मा सुवेदी सर्वसम्मत

विराटनगर । नेपाल बैंक लिमिटेडको क्रियाशील ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशनबाट गोविन्द प्रसाद सुवेदी सर्वसम्मत अध्यक्ष चयन भएका छन् । सो संगठनको महासचिवमा मोहन कुमार श्रेष्ठ चयन भएका छन् ।

कर्मचारी संगठनको अधिवेशन गत ११ र १२ गते भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा भएको थियो । अधिवेशनमा देशभरबाट भेला भएका करिब ५ सय जना भेला भएका थिए । अधिवेशनले अध्यक्षमा सुवेदी, महासचिवमा श्रेष्ठसहित ५१ सदस्यीय केन्द्रीय समिति तथा १३३ सदस्यीय केन्द्रीय परिषद समिति निर्वाचित गरेको हो ।

‘सुढृढ तथा क्रान्तिकारी ट्रेड युनियन अन्दोलनको विकास गरौं, स्वच्छ र जनउत्तरदायी बैंक व्यवस्थापनको स्थापना गरौं’ भन्ने मूल नाराको साथ स्थापना भएको संगठनको चौथौ महाधिवेशन माओवादी केन्द्रका उप(महासचिव तथा कर्मचारी फ्याक्सन इन्चार्ज हरिबोल गजुरेलले उद्घाटन गरेका थिए ।

अधिवेशनलाई सम्बोधन गर्दै गजुरेलले नेपाल बैंक लिमिटेडले आफ्नो शाख र गरिमालाई पुर्नजागृत गर्दै पहिलो नम्बरमा ल्याउन संगठन र बैंक व्यवस्थापन एकजुट भएर लाग्न आग्रह गरे । मन्तव्यकै क्रममा नेपाल राष्ट्रिय कर्मचारी महासंघका केन्द्रीय अध्यक्ष मणिरत्न श्रेष्ठले कर्मचारी हकहितमा केन्द्रित ट्रेड युनियनको अन्दोलनलाई राजनैतिक पार्टीहरूले दबाउन खोजे त्यसको सशक्त प्रतिकार गरिने बताए । यस्तै नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेले बैंकको समग्र विकासमा ट्रेड युनियनहरूले खेलेको भूमिकाहरूको सराहना गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।