सिन्धुपाल्चोकमा भूकम्पको धक्का, काठमाडौंमा पनि महसुस
काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।
त्यहाँको माझीटार केन्द्रविन्दु भएर बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्प गएको हो ।
भूकम्प ४.८ म्याग्निच्युडको मापन भएकाे भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालभ्युजलाई जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएको थियो ।


