विराटनगर स्थित विराट धर्मशालाद्वारा जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान

विराटनगर । विराटनगर–३ स्थित विराट धर्मशाला संग्रहालय एवं पुस्तकालयले जेहेन्दार विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।

पुस्तकालयका संस्थापक अध्यक्ष लेखनाथ चापागाईंको स्मृति दिवसको अवसर पारेर नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा आदर्श माविकी आयुष्मा झा र प्रन्जिलाकुमारी चौधरीलाई पुस्तकालयले छात्रवृत्ति प्रदान गरेको थियो । कक्षा ८ को परीक्षामा झा र कक्षा ९ को परीक्षामा चौधरीले उत्कृट अंक ल्याएर उत्तीर्ण भएका थिए ।

पढाइमा अब्बल भएका कारण यस वर्षको छात्रवृत्ति प्रदान गरिएको पुस्तकालयका अध्यक्ष ओमकार चापागाईले जानकारी दिए । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, आयोजक संस्थाका अध्यक्ष ओमकार चापागाईंले माला लगाएर सम्मानपत्र र जनही ५–५ हजार नगद प्रदान गरे ।

पुस्तकालयले संस्थापक अध्यक्षको स्मृति दिवस पारेर हरेक वर्ष सामुदायिक विद्यालयका उत्कृष्ट छात्राहरुलाई नन्दकुमारी चापागाईं छात्रवृत्ति प्रदान गर्दै आएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्नेमा जोड दिए । उनले प्रविधिको बढ्दो प्रयोगसँगै पठन संस्कृतिमा कमी आएको बताए ।

मेयर कोइरालाले पुस्तकलाई प्रविधिसँग जोड्नु आवश्यक रहेको औंल्याए । उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष राजेन्द्र राउतले पुस्तकालयलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाली कांग्रेस नगर सभापति दीपक चापागाईं, षडानन्द प्रतिष्ठानका अध्यक्ष कोमलकृष्ण अधिकारी, साहित्यकार सरला चापागाईं, समाजसेवी इन्दिरा रिजाल, आयोजक संस्थाका उपाध्यक्ष रमेश चापागाईं, सचिव माधव अत्री, समाजसेवी भवानीप्रसाद निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।