आजपा नेता विजय यादवले भेटे गुजरातका मन्त्री, भारतीय नेतासँगको भेटघाट जारी

काठमाडौं, १८ पुस । भारत भ्रमणमा रहेका  पूर्व मन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का स्थायी कमिटी सदस्य विजय यादव भारत प्रदेश राज्य गुजरातको ग्रामीण विकास, श्रम र रोजगार मंत्री बलवंतसिंह राजपूत बीच शिष्टाचार भेटघाट भएको छ।

 

गुजरातको राजधानी गुजरातस्थित मन्त्रीको  कार्यालय  भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन, आर्थिक विकास सम्बन्धलाई प्रगाढ़ बनाउनुको साथै गुजरातमा रहेका नेपाली श्रमिकको सम्मान र सुरक्षाको विषयमा सहयोगलगायतका विषयमा कुराकानी भएको थियो। 

 

भेटघाटमा सहभागी आम उद्योग वाणिज्य संघका अध्यक्ष साजन जयसवालका अनुसार भेटघाटमा मन्त्री राजपूतले नेपालका पूर्व मंत्री प्रभु साहको नेतृत्वको  आम जनता पार्टीले अपनाएको बिचारधाराको सराहना गर्दै निकट भविष्यमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता गरेका छन ।

 

केही दिन अगाडि मात्रै स्थायी कमिटी सदस्य विजय यादवको प्रमुख आतिथ्यमा भारतको मुम्बईमा आम नेपाली एकता समाजको बिशेष बैठक समाजसेवी शेख इरसादको अध्यक्षतामा सम्पन्न भएको थियो । 

 

नेपालका बिभिन्न ठाऊबाट मुम्बई, नयादिल्ली, गुजरातलगायतका सहरहरूमा काम गर्ने नेपालीहरुको सम्मान एवम सुरक्षाको लागी आजपा अध्यक्ष साह प्रमुखको उपस्थितिमा चाडै बृहत् भेलाले गर्ने स्थायी कमिटी सदस्य यादवले बताए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖