झापाका निश्चलको दुर्घटनामा परि मृत्यु ,श्रीमती घाइते
झापा । झापाका निश्चल राजभण्डारीको दुर्घटनामा परि मृत्यु भएको छ भने श्रीमती घाइते भएकि छन्।
अस्ट्रेलिया जानुपूर्व बजार गइ सामान किनेर भक्तपुरको निजी निवासमा फर्कने क्रममा कुकुरले बाटो काट्दा स्कुटर असन्तुलित भइ दुर्घटना भएको थियो ।
मृतक भद्रपुर नगरपालिकाका पूर्व उपप्रमुख चन्द्रा श्रेष्ठका एकमात्र छोरा हुन् । दुवैजना अध्ययनका लागि अस्ट्रेलियामा बसेर केही दिनअघि मात्रै मूलघर भद्रपुरमा आइ फेरि अस्ट्रेलिया फर्कन काठमाडौं गएका थिए।
पारिवारिक स्रोतका अनुसार राजभण्डारी दम्पती यसै हप्ता अस्ट्रेलिया फर्किँदै थिए।


