रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले रुसका लागि छिट्टै श्रम स्वीकृति खुलाउन आवश्यक पहल गर्ने बताउनुभएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीसँग शुक्रबार (पौष १९, २०८१) भएको विशेष भेटमा मन्त्री भण्डारीले उक्त प्रतिबद्धता जनाउनुभएको हो । ‘यस सम्बन्धमा खासै धेरै समस्या छैन, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्छौ, उहाँले भन्नुभयो ।ʼ

उक्त भेटमा संघको तर्फबाट अध्यक्ष डा केसीले तत्कालिन अवस्थालाई ध्यानमा राखी नेपाल सरकार मन्त्रिपरिषद्ले गरेको निर्णयमा पुनरावलोकनका लागि पहल गरिदिई वर्षौदेिख विभिन्न रोजगार, पेशा, व्यवसाय एवं उच्च शिक्षा अध्ययन गर्न रसियामा बसिरहेका हजारौं नेपालीहरुका लागि सहज रुपमा आवतजावतका लागि श्रम स्वीकृति एवं नवीकरण कार्यलाई तत्काल सुचारु गरिदिन अनुरोध गर्नुभएको थियो ।

वैदेशिक रोजगारीका लागि जान चाहने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दा युद्धरत देश रुसमा सेनामा सहभागी हुन सक्ने सम्भावना रहेको र सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम रहेको भन्दै एक वर्षअघि (२०८० पुस १९ मा) वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो ।

यस्तै भेटका क्रममा अध्यक्ष डा केसीले इराकको कुर्दिस्तानमा रहेका नेपालीका समस्याबारे जानकारी गराउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘ठूलो संख्यामा नेपालीहरु विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका छन् ती नेपालीहरुलाई पासपोर्ट नविकरण तथा नेपाली दूतावासबाट प्राप्त गर्ने सुविधा लिनको लागि कुवेतस्थित नेपाली दूतावास तोकिएको छ, जुन त्यति सहज नभएको गुनासो आउने गरेको छ, उक्त सुविधा कतार तथा युएईको नेपाली दुतावासबाट पाउने गरी व्यवस्था गरिदिनु हुन पनि म अनुरोध गर्छु ।ʼ जवाफमा मन्त्री भण्डारीले उक्त विषयमा परराष्ट्र मन्त्रालयमार्फत समन्वय गर्ने उल्लेख गर्नुभयो ।

सो अवसरमा अध्यक्ष डा केसीले वैदेशिक रोजगारीमा रहेकालाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन गैरआवासीय नेफाली संघसँंग संयुक्त र सामुहिक कार्यत्रमको तर्जुमा गर्नको लागि आग्रह समेत गर्नुभएको छ । जवाफमा मन्त्री भण्डारीले बढी भन्दा बढी श्रमिक तथा स्वरोजगारकर्तालाई कोषमा आबद्ध गर्न सरकारले परिमार्जनसहितको योजना बनाइरहेको र त्यसमा एनआरएनसँग पनि सहकार्य गर्ने बताउनुभयो । आगामी फेब्रुअरीमा सरकारले गर्न लागेको श्रम रोजगार सम्मेलनमा पनि एनआरएनलाई सहभागी गराउने उहाँले उल्लेख गर्नुभयो । अध्यक्ष डा केसीले चेक रिपब्लिकमा कोभिड–१९ पछि श्रम स्वीकृति नविकरण रोकिएकोले श्रम स्वीकृति एवं नविकरण कार्यलाई सहजीकरण गरिदिनपनि हुन अनुरोध गर्नुभयो । मन्त्री भण्डारीले उक्त सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग समन्वय र छलफल भइरहेको जानकारी गराउनुभयो ।

भेटका क्रममा मन्त्री भण्डारीलाई बुझाइएको पत्रमा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुको ज्ञान, सीप र पूँजीलाई स्थानीय तहमार्फत परिचालन गर्न तथा उनीहरुलाई नीतिगत रुपमा सहयोग उपलब्ध गराउंँदै पुर्नएकीकरण गर्न,गैरआवासीय नेपाली लक्षित विप्रेषण तथा लगानीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याउन एवं पुरस्कार र सम्मानको व्यवस्था गर्न, वैदेशिक रोजगारीमा जानेहरुलाई अनिवार्य रुपमा अभिमुखीकरण सीप दिन, सातै वटा प्रदेशमाव्यवसायिक सीप शिक्षा केन्द्र खडा गरी दक्ष जनशक्ति मात्र विदेश पठाउने व्यवस्था गर्न, वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक रुपमा बैकिङ्ग च्यानल मार्फत ल्याउन प्रोत्साहन गर्ने उद्देश्यले नेपाली श्रमिकलाई उनीहरुले पठाएको विप्रेषणमा २ प्रतिशतसम्म प्रिमियम नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गर्न अनुरोध गरिएको छ । उक्त भेटमा रुसका लागि नेपालका राजदूत नियुक्त महामहिम प्रा.डा जंगबहादुर चौहृान समेत उपस्थित हुनुहुन्थ्यो यस्तै संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत उपस्थित रहनुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।