प्याबसन महोत्तरीको अधिवेशनमा शैक्षिक गुणस्तर कै चिन्ता

बिशाल बस्नेत/महोत्तरी, २० पुस । निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन महोत्तरीको ९ औ अधिबेशनको खुल्ला सत्रमा सरोकारवालाहरुले संस्थागत विद्यालयहरुले गुणस्तरीय शिक्षामा ध्यान दिन नसकेको बताएका छन् ।

 

जिल्लाको गौशालास्थित रामनगरमा भएको उक्त कार्यक्रममा संस्थागत विद्यालयहरुले विद्यार्थी वढाउन ध्यान दिएको तर गुणस्तरीयतामा खासै सुधार नभएको गुनासो गरेका हुन् ।

 

नेपाल पत्रकार माहासंघ महोत्तरीका अध्यक्ष महेश कुमार दासले प्यावसनको अब बन्ने नेतृत्वले बर्षेनी पाठयक्रम परिवर्तन गरेर नयाँ पुस्तक किन्नै पर्ने बाध्यता र विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापहरुमा ध्यान पुर्र्याउनु पर्ने सुझाव दिए ।

 

खुल्लासत्रमा सहभागी प्याब्सनका केन्द्रिय सदस्यहरुले भने सरकारले संस्थागत विद्यालयहरुलाई भेदभाव गरिरहेको गुनासो गरेका छन् । प्यावसनका केन्द्रिय उपाध्यक्ष गोपाल कार्कीले संस्थागत विद्यालयहरु थप सुधार गर्नुपर्ने भएतापनि गुणस्तरियतामा भने ध्यान सधै पुरयाइरहेको जिकिर गरेका छन्।

 

सरकारले सामुदायिक विद्यालयहरुमा शिक्षक तथा विद्यार्थीहरुको लागि यथेष्ट लगानी गरे तापनि त्यसको परिणाम भने सन्तोषजनक नभएको बताउँदै उपाध्यक्ष कार्कीले आफ्नै स्रोत साधनको प्रयोग गरि सक्षम र सवल जनशक्ति उत्पादनमा निजि विद्यालयहरु अब्बल नै रहेको बताए ।

 

त्यस्तै सामुदायिक विद्यालय कमजोर बन्नुको कारण राजनैतिक हस्तक्षेप भएको र व्यवस्थापन समिति गठन गर्दा शिक्षा क्षेत्रमा विज्ञता नभएका व्यक्तिहरुलाई राख्ने जस्ता गम्भीर समस्या वन्दै गएकोप्रति गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुमारी महतोले चिन्ता व्यक्त गरिन ।

 

कार्यक्रममा प्यावसन् मधेश प्रदेशका सचिव गणेशप्रसाद साह, मधेश प्रदेश इन्चार्ज अनिल कुमार झा, केन्द्रिय सदस्य नरेन्द्र राउत लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख अथितिको रुपमा सहभागी भएका संघिय संसद लक्ष्मी महतो कोईरी र विशिष्ट अथिति प्रदेशसभा सदस्य भरत साहले सामुदायिक विद्यालयहरुले गुणस्तरियतामा ध्यान नदिएको बेला संस्थागत विद्यालयहरुले खेलेको भूमिका प्रसंसायोग्य भएको गुनासाहरुलाई संसदमा उठाउने प्रतिवद्वता जनाए ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।