धनकुटा स्थायी घर भएका सुवेदीको १०९ बर्षको उमेरमा निधन
धनकुटा । धनकुटाको छथरजोरपाटी ४ पिप्ले स्थायी घर भएका अम्बिका प्रसाद सुवेदीको १०९ बर्षको उमेरमा निधन भएको छ ।
सुवेदीको शुक्रबार सांझ निधन भएको हो ।
उहाँ हाल सुनसरी जिल्लाको झुम्कामा परिवारका साथ बसोबास गर्दै आउनु भएको थियो ।


