बेवारिसे अवस्थामा फेला पारेको भारतिय नम्बरको स्कार्पियो गाडी प्रहरीले भन्सारमा बुझायो

रौतहट २१ पुस। प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको भारतिय नम्बरको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मूल्याङ्कन गरी जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको छ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटले विआर ०१ पी एल ९३८३ नम्बरको बेवारिसे सेतो रंगको स्कार्पियो गाडी ३० लाख रुपैयाँ मुल्याङन गरी आवश्यक कारवाहीको लागि शुक्रवार भन्सारमा बुझाएको प्रहरीले आज एक सूचना जारी गर्दै सार्वजनिक गरेको छ।

भन्सार छलीको स्कार्पियो गाडी चलाईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले खोजतलास गर्दै जाँदा गत साउन ४ गते दुर्गा भगवती गाउँपालिका ३ स्थित सडक छेउमा उक्त गाडी बरामद गरेको थियो।

 

पटक पटक सूचना जारी गर्दा पनि ५ महिनाको अवधिमा उक्त भारतीय नम्बरको स्कार्पियो गाडीको हक दाबी गर्ने प्रहरीको सम्पर्कमा कोही न आउँदा बाध्य भएर भन्सारमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

रौतहट जिल्ला अन्तर्गत २८ किलोमिटर लामो सिमाना भारतसँग जोडिएको र सदियौं देखि दुई देशबीच रोटी बेटीको सम्बन्ध रहिआएकाले यहाँ भारतीय नबरको गाडी आउँजाउँ हुँदै आएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।