संगठन सुदृढीकरण र खबरदारीमा जोड दिने निर्णय गर्दै आजपा रौतहटको भेला सम्पन्न

रौतहट । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) रौतहट जिल्ला कमिटीको बैठक मौलापुरमा सम्पन्न भएको छ।

 

केन्द्रीय अध्यक्ष पूर्व मन्त्री प्रभु साहको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो।

 

संगठन विस्तार, संघर्षको समीक्षा र आगामी कार्यक्रमहरूको तयारीमा केन्द्रित उक्त बैठकले भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सशक्त बनाउने निर्णय गरेको छ।

 

बैठकले पौष २७ गते वीरगंजमा आयोजना हुने भ्रष्टाचार विरोधी खबरदारी सभामा व्यापक सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेको छ। केन्द्रीय अध्यक्ष प्रभु साहले पार्टी संगठनलाई थप क्रियाशील र जनमुखी बनाउन आवश्यक रणनीति प्रस्तुत गर्दै, भ्रष्टाचारविरोधी अभियानमा सबैको एकता अपरिहार्य रहेको बताए । 

 

बैठकमा नरेश तुराहाको अध्यक्षतामा गठित नयाँ जिल्ला कमिटीका सदस्यहरूको स्वागत र सम्मान गरिएको थियो । कार्यक्रममा पार्टीका जिम्मेवारीहरूलाई प्रभावकारी बनाउन कार्यविभाजनसमेत गरिएको छ।

 

सहभागीहरूले संगठनलाई सुदृढ गर्न सुझाव राख्दै, जनतालाई प्रत्यक्ष रूपमा जोड्ने कार्यक्रमलाई प्राथमिकतामा राख्न जोड दिए। बैठकमा पार्टीका स्थानीय नेतृत्व, कार्यकर्ता, र शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।