विराटनगर महानगरद्वारा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १८ का सबै सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । वडा कार्यालयको ९ लाख बजेटबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

महानगरका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा जनक आधारभूत विद्यालय परिसरमा आयोजित कार्यक्रममा ५ वटा विद्यालयका ९ सय २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको थियो । वडाका जनक आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, विराट प्रावि, श्रीराम प्रावि र बिघी प्राविका ९ सय २३ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको वडाध्यक्ष जितेन्द्र साहले जानकारी दिनुभयो ।

कार्यक्रममा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, वडा नम्बर १८ का अध्यक्ष जितेन्द्रकुमार साहलगायतले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई एकमुण्ठ कपडा हस्तान्तरण गरिएको थियो । प्रअमार्फत सबै विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ । जनक आधारभूतका विद्यार्थीलाई भने कार्यक्रमकै अवसरमा सोमबार नै वितरण गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले सामुदायिक विद्यालयको भौतिक संरचनाको विकाससँगै गुणस्तर वृद्धिमा महानगरपालिका गम्भीर रहेको बताउनुभयो । सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको उहाँको भनाइ थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।