सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं। पर्साको वीरगंज महानगरपालिका-१६ अमर चोकस्थित सडकमा ना.५ख १५०४ नम्बरको बसको ठक्करबाट साइकलयात्री बारा फेटा गाउँपालिका-५ बस्ने ४५ वर्षीय चोकट भन्ने तयमोदिन मिँयाको मंगलबार बिहान मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका-६ गोरकट्टास्थित सडकमा लु२ख २४ नम्बरको माइक्रो बसले लु९०प ३७०० नम्बरको स्कुटरलाई मंगलबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही ठाउँ बस्ने ४० वर्षीय माधव गौतमको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। माइक्रो बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको   छ। 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।