प्रेम लुकाउन पूर्णिमाले यसरी गरिन् दुई छोरीको हत्या
सल्यान । सल्यानकी २६ वर्षीया पूर्णिमा राना मगरले आफ्ना ३ वर्ष र ६ महिनाकी छोरीको घाँ’टी थि’चेर ह’त्या गरेकी छन्।
प्रहरीले उनका भारतमा बस्ने प्रेमीसँगको सम्बन्ध लुकाउन यस्तो अपराध गरेको जनाएको छ। पूर्णिमाले आफू अविवाहित भएको भन्दै प्रेमीसँग बिहे योजना बनाएकी थिइन्।
ह’त्या बेला उनका श्रीमान टेकबहादुर मजदुरीका लागि नुवाकोटमा थिए। प्रारम्भमा उनले विवादका कारण ह’त्या गरेको भनिन् तर अनुसन्धानले प्रेम सम्बन्ध ढाकछोप गर्न ह’त्या गरेको खुल्यो।
पूर्णिमा प्रहरी नियन्त्रणमा छिन् ।


