मधेसको कामकाजी भाषा नेपाली, मैथली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी बनाउन प्रस्ताव

जनकपुर, ९ माघ । मधेस प्रदेश स्थापना भएको झण्डै ७ वर्षपछि प्रदेशसभाको बैठकमा कामकाजको भाषाको तोक्न सम्बन्धी विधेयक प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको छ । 

प्रदेश सरकारले प्रदेशको बहुसंख्यक जनताले बोल्ने नेपाली भाषाका अतिरिक्त मैथिली भोजपुरी,बज्जिका हिन्दी र अग्रेजीलाई कामकाजी भाषाको रुपमा अगाडि सारिएको छ ।

सरकारले सरकारी कामकाजलाई सहज पहुच र प्रत्याभुतिलाई अभिवृद्धि गरी बहुजातिय र बहुभाषिक विधिवता , एकता र समाजिक भाषिक न्याय कायम गर्नको लागि सरकारी काामकाजको भाषा तोक्न सम्बन्धी विधेयक प्रस्तुत गरिएको छ ।

मधेस प्रदेश सरकारले मधेस प्रदेश भित्रका सरकारी निकाय, सार्वजनिक संस्थान तथा प्रतिष्ठान लगायतका सरकारी कार्यालयहरुमा सरकारी कामकाजको भाषाको प्रयोग गराउने व्यवस्था लिएको छ ।

सरकारी कामकाजको भाषामा रुपमा अहिले सम्म नेपाली भाषामा हुदै आएको थियो । विधेयक पारित भएपछि मधेस प्रदेशमा सरकारी कामकाजको भाषाका अन्य मातृ भाषाको समेत प्रयोग गरिन वैधानिकता पाउने छन । 

प्रदेश सरकारले प्रदेशको राजपत्र प्रकासन गर्दा देवनागरी लिपिमा लेखिने नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अग्रेजी भाषामा पनि प्रकाशन गर्न सकिने व्यवस्था गरिएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖