कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा श्रव्यदृश्य उत्पादनका सामग्री हस्तान्तरण

विराटनगर, माघ ०९ गते । कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई श्रव्यदृश्य उत्पादनका सामग्री (क्यामेरा र अडियो रेकर्डर) हस्तान्तरण गरेको छ ।

माघ ९ गते आन्तरीक मामिला तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव कमल थापाले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्नु हुँदै निमित्त प्रदेश सचिव कमल थापाले कोशी प्रदेश प्रहरी कार्यालयले आम जनमानसमा सचेतना अभिवृद्धि गरी समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण गर्न संचालन गरीरहेको बिभिन्न सचेतनामुक कार्यक्रमहरुलाई थप टेवा पुर्‍याउनको लागि उक्त सामाग्रीहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । साथै वँहाले आगामि दिनहरुमा समेत यस्तो प्रकारको सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीले कोशी प्रदेश प्रहरी कार्यालयबाट उत्पादित जनचेतनामुलक सामग्रीहरु सामाजिक संजाल, रेडियो र टेलिभिजनको माध्यमबाट प्रसारण गरी आम नागरिकमा सचेतना अभिवृद्धि गराउनको निम्ति प्राप्त भएको उक्त सामग्रीले सचेतनामूलक कार्यक्रमहरु उत्पादनमा थप प्रभावकारिता ल्याउने वताउनुका साथै सामग्री हस्तान्तरण गर्नु हुने कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई बिशेष धन्यवाद दिनु भएको थियो ।

हस्तान्तरण कार्यक्रममा मन्त्रालयका पदाधिकारी तथा प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।