लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

मुकेश कुमार यादब,सिरहा । लाहानका किसानले खुट्टी खोलाको नहरलाई नगर प्रमुखले शौन्दर्यकरणको नाममा भूमाफियाको मिलोमतोमा जनविरोधी कार्य गरेको भन्दै पालिकाविरुद्ध आन्दोलन चर्किएको छ।

सिरहाको लाहान नगरपालिकाका मेयर महेश प्रशाद चौधरीले भूमाफियासँगको साँठगाँठमा किसान र अदालतको आदेश विपरित लाहानको ऐतिहासिक खुट्टी नहरलाई ढलमा परिणत गर्ने निर्णयविरुद्ध किसानहरुले दोस्रो चरणको आन्दोलनको घोषणा गरको हो । 

मेयर महेश प्रसाद चौधरीले स्थानीय किसान मजदुर र नगरबासीका समस्या समाधान गर्न बारम्बार बेवास्ता गरेकोले पीडित किसान आन्दोलित भएका छन्। लामो समयदेखि आन्दोलित किसानले माघ २ गते नगरपालिकामा ज्ञापनपत्र समेत बुझाउँदा पनि नगर प्रमुख चौधरीले कुनै ठोस कदम नचालेको भन्दै किसान संघर्ष समितिले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

आन्दोलित किसानले मेयर चौधरीलाई २०७९ देखि पटकपटक ज्ञापनपत्र बुझाउँदा र सहमति गर्दै आएको प्रतिबद्धता उल्लंघन गरेको किसान संघर्ष समितिका संयोजक अजय चौधरीले जनाएको छ। उनले भने, ‘पटक–पटक ज्ञापनपत्र बुझाइए पनि, खुल्ला नहरका संरचना नष्ट गरी  मेयरले भूमाफियासँग मोटो रकम लिएर बजार शौन्दर्यकरणको नाममा नहर पुर्ने दुष्प्रयास कदापी मान्य हुँदैन।’ 

किसान संघर्ष समितिका प्रतिनिधि हेमन्त यादव भन्छन्, ‘हामीले पटकपटक वार्ता र सहमतिमा जाने प्रयास गर्‍यौं। तर, मेयरले हाम्रो मागलाई बेवास्ता गर्दै आएका छन्। उनले थपे, ‘किसानहरूको हकविपरीत जनघाति निर्णय विरुद्ध किसान सडकमा ओर्लिसके छ। किसानहरुले खुट्टी नहरको संरचनाको रक्षा, भूमाफियाविरुद्ध कारबाही, र किसान मजदुरको हितमा काम नगरे सम्म हाम्रो आन्दोलन जारी रहने छ। हामी किसानहरुको न्यायका पक्षमा डटिरहेका छौं र निरन्तर संघर्ष गर्दै जानेछौं।’

अदालतले खुटी नहर नमासिने गरी नहर सौन्दर्यीकरणको कार्य अगाडी बढाउन आदेश दिएपनि नगरपालिकाले नहरलाई ढलमा परिणत गर्न प्रशासनको दुरुपयोग गर्दै प्रहरी परिचालन गरेका संघर्ष समितिले आरोप लगाएको छ ।  

खुटी नहर निर्माण स्थलमा नेपाल प्रहरी शसस्त्र प्रहरी र नगरप्रहरी ठूलो संख्यामा परिचालन गरी मेयर चौधरीले किसानको अहितमा काम गर्न खोजिएको स्थानिय किसानहरुको भनाई छ ।

यता लाहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीसँग आन्दोलनको विषयमा पटक–पटक सम्पर्क गर्न खोज्दा नगरप्रमुख चौधरीले फोन उठाएनन्। 

नगरप्रमुख विरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

करिव एकवर्ष देखि आन्दोलित लहान नगरपालिकाका स्थानिय किसानहरुको समस्याप्रति नगर प्रमुखले बेवास्ता गरेको भन्दै किसानहरुले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। संघर्ष समितिले हिजो (मंलवार) लाहानस्थित  शहिद चौकमा आयोजना गरेको कोणसभामा नगर प्रमुख महेश प्रसाद चौधरी विरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। 

घोषित कार्यक्रम मध्ये आज बुधबार ९ गते जिल्ला प्रशासन कार्यलय र जिल्ला उद्योग बाणिज्य संघमा ध्यानाकर्षण पत्र बुझाउने । बिहीबार १० गते लाहान नगरपालिका अगाडी १० बजे बिहान देखि बेलुका ४ बजे सम्म धर्ना बस्ने कार्यक्रम रहेको किसान संघर्ष समितिले जनाएको छ। त्यसैगरी ११ गते शुक्रबार साँझ मेयर महेश चौधरीको पुत्ला दहन गर्ने र १२ गते शनिवार बिशाल जनशतिm प्रदर्शन र  चक्का जाम गर्ने जनाइएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।