प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन, लक्ष्मी फुयाल स्मृति पत्रकारिता पुरस्कार मुडियारीलाई

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष थिए ।

समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान रहेका छन् । त्यसैगरी सदस्यहरुमा नम्रता न्यौपाने, एलिसा रायमाझी, मोहन ढकाल, माधव काफ्ले, सुरन्जन लिम्बू, जय कामत, अर्जुन लिम्बू, मर्जिना खातुन रहेका छन् । त्यस्तै प्रदेश पार्षदमा हरि अधिकारी, देवराज तामाङ, पवनकुमार साह, मौसम लिम्बूलगायत रहेका छन् ।

लक्ष्मी फुयाल स्मृति पत्रकारिता पुरस्कार मुडियारीलाई
सम्मेलनका अवसरमा सहिद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बावुराम मुडियारी पुरस्कृत भएका छन् । मुडियारीलाई १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएकोहो । पुरस्कृत भएका पत्रकार मुडियारी रेडियो नेपालमा कार्यरत छन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्क नेम्वाङ्ग, सचिव गणेश उप्रेती, मोरङ इन्चार्ज कुलबहादुर साम्बा (कुशल), प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष विवेक गौतमलगायतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

यस्तै प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्षसहित पाँच जना पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा प्रेस सेन्टर नेपाल मोरङका संस्थापक अध्यक्ष राजेन्द्र पौडेल, पूर्व अध्यक्षहरु अमृत कुमार महतो, विनोद घिमिरे, गणेश लम्साल र गोकुल पराजुलीलाई सम्मान गरेको हो । प्रेस सेन्टर नेपाल मोरङ तत्कालीन क्रान्तिकारी पत्रकार संघको पूर्वअध्यक्षको भूमिका निर्वाह गरेर संगठन निर्माण, विकास र विस्तारमा योगदान पुर्याएको भन्दै पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।