विराटनगर महानगरको आयोजनामा सहकारीका सञ्चालकलाई नेतृत्व र व्यवस्थापन तालिम

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीका सञ्चालक र पदाधिकारीलाई लक्षित गरेर नेतृत्व तथा व्यवस्थापन विकाससम्बन्धी कार्यशाला आयोजना गरेको छ ।

कार्यशालाको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले केही सहकारीका कारण समग्र सहकारी आन्दोलन नै बदनाम भएको बताउनुभयो । उहाँले सहकारीको मर्म र भावनाविपरीत सञ्चालन हुँदा समस्या भएको जिकिर गर्नुभयो । सहकारीको रकम अन्य अनुत्पादक क्षेत्रमा लगानी गर्दा बचतकर्ताको पैसा डुबेको उहाँको भनाइ थियो । ‘अधिकांश सहकारीहरु राम्ररी सञ्चालन भइरहेका छन् । तर केही सहकारीका कारण राम्रो काम गर्ने सहकारीको पनि बद्नाम भइरहेको छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘बचतकर्ताले जम्मा गरेको पैसा सञ्चालकहरुले घरजग्गा र गाडीलगायतका व्यक्तिगत कामका लागि प्रयोग गर्दा अहिलेको अवस्था आएको हो भन्ने मलाई लाग्दछ ।’ मेयर कोइरालाले महानगर क्षेत्रभित्र सञ्चालित सहकारीको नियमन र अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

उहाँले सहकारीको मर्म र भावनाअनुसार सञ्चालन गर्न आग्रहसमेत गर्नुभयो ।
कार्यक्रममा महानगरको विराटनगर वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारीले गरिब तथा विपन्न वर्गको जीवनस्तर माथि उठाउने काममा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अहिले आमजनताले सहकारीलाई नकारात्मक रुपमा हेर्ने गरेको घिमिरेको टिप्पणी थियो । ‘अहिले सहकारी भनेको जनता ठग्ने हो भन्ने आमधारणा बनेको छ,’ उहाँले भन्नुभयो, ‘यस्ता नकारात्मक धारणा र टिकाटिप्पणीलाई चिर्न सहकारीहरु सजग हुनुपर्दछ ।’ महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, जिल्ला सहकारी संघ मोरङ अध्यक्ष डा. डिल्ली पोखरेल, नेप्स्कुन विराटनगर सेवा केन्द्रकी विन्दा भट्टराई, महानगरको आर्थिक विकास महाशाखाका संयोजक कृष्ण पोखरेल, सहकारी शाखाकी प्रमुख चाँदनी राईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा विराटनगर क्षेत्रभित्र सञ्चालित ३० वटा सहकारीका सञ्चालक र पदाधिकारी गरी ६० जनाको सहभागिता रहेको छ । महानगर क्षेत्रभित्र १७२ वटा सहकारी सञ्चालनमा रहेको सहकारी शाखाकी रोजी कार्की जानकारी दिनुभयो ।

कार्यशालामा सहकारी र व्यवसायः एक परिचय, सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली र सुशासन, सहकारीमा नेतृत्व विकास, सहकारीमा विधि निर्माण प्रक्रिया, स्वः व्यवस्थापन परिचय, सकारात्मक सोच र सदाचारिता, कोपोमिसमा प्रविष्टि गर्नुपर्ने विषयहरु, वर्तमान अवस्था, चुनौती र समाधान, सहकारीमा अभिलेख व्यवस्थापन र सफ्टवेयरको प्रयोगलगायतका विषयमा जानकारी दिइनेछ । कार्यशालामा सहभागीहरुलाई प्रदेश सहकारी रजिष्ट्रटार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका विज्ञ मनोज कार्कीले सहजीकरण्ण गर्नुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।