छाउगोठमा बाघको आक्रमणबाट महिला घाइते
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेमा छाउगोठमा सुतिरहेकी ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति करिब १०:३० बजे बाघले आक्रमण गरी घाइते बनाएको छ।
मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार आक्रमणका कारण उनको टाउको र अनुहारमा चोट लागेको छ। गाउँलेहरूले होहल्ला गरेपछि बाघ भागेको उनले बताए।
हाल विकलाई उपचारका लागि लम्की लैजाने तयारी भइरहेको छ। अध्यक्ष उपाध्यायका अनुसार उनको अवस्था खतरामुक्त रहेको छ।


