व्यापारीले किनेको ज्याकेट बोकेर एसपी, सिडिओ र डिआइजी पुगेपछि …

विराटनगर – पहिले-पहिले व्यापारीहरू भन्थे – पुलिसले इन्धन मागेर हैरान पार्छन्।

२०६६-६७ सालताका तत्कालीन पूर्वक्षेत्रका डिआइजी भीष्म प्रसाईंले त खुलेरै व्यापारीलाई तेल मागेका थिए।

हिजोआज त्यसरी खुलेरै माग्ने प्रचलन प्रहरीले त्याग्दै गएका छन्। अहिले पुलिसले तेल मागेर हैरान पारे भनेर स्थानीय तहका सरकारले गुनासो गर्ने गरेका छन्।

तर, लुकिछिपी प्रहरीले व्यापारीसँग केही न केही मागेकै हुन्छन्। कोशी प्रदेशको राजधानी विराटनगर पुग्ने जो कोही सुरक्षा अधिकारीलाई सबैभन्दा पहिले स्वागतका लागि व्यापारीहरूले आफ्नै कार्यालयमा बोलाउँछन्, फूलमाला र खाता ओढाइहाल्छन्।   

सोमबार जिल्ला प्रहरी कार्यालय मोरङ व्यापारीले किनेको ज्याकेट बोकेर सर्वसाधारणलाई भेट्न पुग्यो। बहाना ‘चिसो’ बनाएर।

मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ का अल्पसंख्यकलाई व्यापारीले किनिदिएको ज्याकेट बाँड्न मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजन अधिकारी र मोरङका एसपी नारायण चिमरिया पुगेका थिए।

‘अल्पसंख्यकसँग प्रहरी’ कार्यक्रम लिएर पुगेका सुरक्षा अधिकृतहरूलाई ज्याकेट गोरधनदास कमलावति परोपकारी प्रतिष्ठान विराटनगरका अध्यक्ष तथा उद्योगपति जगदीश अग्रवालले दिएका थिए।  

व्यापारी अग्रवालले दिएको ज्याकेट मिक्लाजुङका ८० घरधुरीलाई बाँडिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
कार्यक्रममा दलका प्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, संघ-संस्था, पत्रकार, भद्र भलादमी, बुद्धिजीवी, समाजसेवी र स्थानीय गरी ८० जनाको उपस्थिति रहेको जोशीले बताए।  

डिआइजी अधिकारी भर्खरै कोशी प्रदेश प्रमुख भएर पुगेका छन्। सिडिओ यादव पनि भर्खरै मोरङ गएका हुन्। चिमरिया भने गत कात्तिक महिनादेखि मोरङमा कार्यरत् छन्।

कार्यक्रमको नाम ‘सामुदाय प्रहरी साझेदारी’ राखिएको थियो।  नि:शुल्क ज्याकेट वितरकको नाम भने विशाल ग्रुप लेखिएको थियो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।