राष्ट्रपति पौडेलद्धारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ

काठमाडौं, १५ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा एक समारोहबीच दीप प्रज्वलन गरी आज सोनाम ल्होसारको शुभारम्भ गरेका छन ।

 

सो क्रममा लामा गुरुहरूले विषेश पूजा र मन्त्रोचरण गरेका थिए । साथै, तामाङको संस्कृतिक प्रस्तुती ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो । 

सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरेका थिए ।

सोनम ल्होसार पर्वको शुभारम्भ कार्यव्रmममा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको बताए ।

भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठुलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट र अत्यन्तै महत्वपूर्ण स्थान रहेकोसमेत बताए ।

राष्ट्रपति पौडेलले गणितीय ज्योतिष परम्परामा आधारित ल्होसार पर्व तामाङ संस्कृतिकै एक अभिन्न अङ्ग  भएको बताउदै यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिबिम्बित गर्दछ भन्ने आफुले बुझेको स्पष्ट पारेका थिए ।

राष्ट्रपति पौडेलले तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय पर्व सोनाम ल्होसारको पावन अवसरमा सबैमा सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगतको कल्याणको शुभकामना व्यक्त गरेका छन ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।