पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’ को ब्यापक प्रचारप्रसार जारी

पोखरा, १५ माघ । पोखरामा ‘घुमौं मधेस, बुझौं मधेस’ को ब्यापक प्रचार गरिएको छ ।

 

पोखरामा आयोजित महोत्सवमा मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको ब्यापक प्रचार गरिएको हो । 

पोखरामा गत माघ १० गते देखी जारी ३३ औं औधगिक ब्यापार मेला एवम आइटी महोत्सवमा–२०८१ मधेस चिनाउने काम भइरहेको ‘घुमौं मधेस, बुझौं मधेस’ का कार्यक्रम संयोजक बिकास ठाकुरले जानकारी दिए । ‘यो महोत्सवमा स्टल राखे पछि पोखरावासीहरूले मधेस घुम्ने इच्छा ब्यक्त गर्नु भएको छ,’ उनले भने, ‘मधेसका एेतिहासिक तथा सांस्कृतिक सम्पदाका बारेमा बुझाउने काम भइरहेको छ, धेरैजना उत्साहित हुनु भएको छ ।’

 

उनका अनुसार ‘घुमौं मधेस, बुझौं मधेस’ को स्टल नम्बर १ वाट मधेसमा रहेका  धार्मिक, सांस्कृतिक, पर्यटकीय क्षेत्रवाट जानकारी दिइएको छ भने स्टल नम्बर ४ बाट रौतहटको कटिया र बरमझियाको पेडाँको स्टल राखेर खानाको स्वाद पनि दिइरहेको छ । चन्द्रपुर उघाेग बाणिज्य संघका उदय सापकाेटा सुरेनले स्टल ब्यवस्थापन गरेका छन् । ‘मधेसका बारेमा धेरै चासाे ब्यक्त गरेकाे देखिन्छ, धेरैले मदेश घुम्नु पर्नेमा जाेड दिइरहेका छन्,’ उनले भने, ‘याे हाम्राे लागि उपलब्धी हाे ।’

मधेस प्रदेश सरकार, उधोग बाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौं मधेस बुझौं मधेस’ को स्टलमा हालसम्म हजाराै मानिसले अवलोकन गरेका छन भने आगुन्तकहरूलाइ नेपाली र अंग्रेजी दुबै भाषामा प्रकाशित बुकलेट पनि बितरण गरिएको छ ।

 

सो महोत्सवको उदघाटन नै मिथिलाको झिंझिया र थारू नृत्युवाट सुरू भएकाले नि पोखराले मधेसलाइ महत्व दिएको उनले बताए । ‘पोखरा महोत्सवको उदघाटनवाट नै जुन खालको मधेसको चिनारी गराउने कार्य भयो, यसले हिमालको काखमा रहेकाहरूलाइ मधेसको समथर भुमीमा भ्रमण गर्न उत्साहित र प्रेरित गरेको छ ।’ 

 

त्यसो त गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पनि हिमाल, पहाड र मधेस जोडनका लागि यस्ता कार्यक्रमको बिशेष भुमिका रहनेसमेत जनाएका छन् । ‘हिमालका काखमा रहेकाहरू मधेसको समथर भुमीमा जानु पर्छ, मधेसका समथर भुमीमा रहेकाहरू हिमालको काखमा पुग्नु पर्छ, यसले दुवैतर्फका जनताले सांस्कृतिक तथा अन्य कुराहरू सिक्न र देख्न पाउने छन् ।’ मुख्यमन्त्री पौडेलले सांस्कृतिक आदन प्रदानको कार्यक्रमहरू दुवैतर्फ गरिनु पर्नेमा पनि जोड गरेका छन ।

 

दर्शकको चाप बढे पछि माघ १७ गतेसम्मका लागि भनिएको महोत्सव अब माघ १९ सम्म जारी रहने भएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।