साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग

सञ्जय मिश्रा/रौतहट, १५ माघ। बैदेशिक रोजगारीमा गएको बेला साउदी अरबमा मृत्यु भएका रौतहटको मध्यभाग गरुडा नगरपालिका ६ का स्वर्गीय मिस्टर लेहेरिको परिवार लाई १० लाख रुपैयाँ सहयोग भएको छ।

 

गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मृतक लहेरीको श्रीमती हिरजा खातुनलाई वैदेशिक रोजगार बोर्डबाट प्राप्त भएको  १० लाख रुपैयाँको सहयोग रकम चेक हस्तान्तरण गरेका हुन्।

श्रम स्वीकृतिको म्याद सकेर एक वर्ष भित्र मृत्यु भएका लहेरीको क्षतिपूर्ति रकम पाउने ब्यवस्था अनुसार उनको परिवारले मात्र १० लाख रुपैयाँ पाएको मेयर जैसवालले बताएका छन्।

 

बीमाको म्याद नसकेको भए बैदेशिक रोजगार बोर्डबाट थप रु १४ लाख गरी कुल २४ लाख रुपैयाँ पाउन नसकिने व्यवस्था रहेको जनाईएको छ।

 

लहेरीको परिवारलाई गरुडा नगरपालिकाबाट आवश्यक सहयोग गरिने मेयर जैसवालले प्रतिबद्धता व्यक्त गरेका छन्। बैदेशिक रोजगारीमा गएका लहेरीको साउदी अरेबियामा  २०८१ साल पुस २२ मा मृत्यु भएको पीडित परिवारले जनाएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।