नेपाली सेना द्वारा ७०० बिपन्नलाई कम्बल वितरण

रौतहट, १७ माघ। पछिल्लो दुईसाता देखी हुसुलागेर चलेको सितलहर संगै मधेश प्रदेशमा बढेको चिसो बाट गरिब तथा बिपन्न परिवार लाई जोगाउन नेपाली सेनाको पहलमा न्यानो कम्बल वितरण सुरु गरेको छ।

रौतहट पुरेनवा गौर स्थित बिरदल गणका नेपाली सेनाको पहलमा यहाँको बिभिन्न पालिकामा पनी अती बिपन्न गरीब परिवार लाई चिसो बाट जोगाउन न्यानो कम्बल वितरण सुरु गरिएको हो।

 

जिल्लाको उत्तरी भेग गुजरा नगरपालिका २ स्थित बुधबार एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि मेयर सन्तलाल चौधरी र नेपाल सेना बिरदल गणका प्रमुख कर्णेल किशोर कुमार अधिकारी द्वारा ५० जना बिपन्न लाई कम्बल वितरण गरिएको वडा अध्यक्ष अशोक कुमार चौधरीले बताएका छन्।

त्यस अघि नेपाली सेनाका कर्णेल अधिकारी र सम्बन्धित पालिका प्रमुखको समन्वयमा चन्द्रपुर ,गढीमाई, गुजारा, गौर, गरुडा लगायत स्थानमा कम्बल वितरण गरिएको जनाएको छ।

यस पटक अत्यधिक चिसो बढेपछि मधेश प्रदेश स्थित गृह सूचना तथा सञ्चार मन्त्रालय बाट गरिब बिपन्न लाई न्यानो कम्बल वितरण गर्ने योजना अन्तर्गत रौतहटको लागी नेपाली सेनाको पृतना मार्फत ७०० थान उपलब्ध भएको बिरदल गण पुरेनवा गौरले जनाएको छ। कर्णेल अधिकारीको पहलमा रौतहट स्थित कैयौं रचनात्मक कामहरु हुँदै आएको छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।