बिरगंजमा एसपी मिश्रको आगमन संगै तस्करहरुको भागाभाग

सञ्जय मिश्रा /बिरगंज, १७ माघ। देशकै मुख्य प्रवेश द्वार आर्थिक नगरी पर्सा जिल्लाको सदरमुकाम बिरगंजमा एसपी गौतम मिश्रको आगमन संगै तस्कर तथा लागुऔषध कारोबारीहरुले भागाभाग भएको छ।

पर्सा जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्भालेको केही दिन भित्रै अबैध गाँजा खेती नष्ट गर्ने देखी बिभिन्न किसिमका तस्करी नियन्त्रणमा जोड दिइएको छ। मिश्रको आगमन पछि बिरगंज लगायत सहरी क्षेत्र संगै जिल्लाको ग्रामीण भेगमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा प्रहरीले तिब्रता दिएको छ।

 

एसपी मिश्रको निर्देशनमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले पटेर्वा सुगौली गाउँपालिका–२ फरकट्टी स्थित६ कठ्ठा जग्गामा लगाइएको तीन हजार दुई सय गाँजाको बिरुवा फडानी गरी तथा नष्ट गरेको छ।  जगरनाथपुर गाउँपालिका– ४ मोर टोल स्थित अबैध बालुवा बोकेको प्र२–०३–००१त.४४३० नं.को बालुवा लोड ट्याक्टर र पटेर्वा सुगौली गाउँपालिका–४ करवोला चौक स्थित ना.४त.७०४२, प्र २–०३–००१त.५४१ नम्बरको ३ वटा  ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याएको छ।

 

त्यस्तै पर्सागढी नगरपालिका ३ स्थित झ्याङमा लुकाइएको सालको गोलिया ६ फिट लामो र अं. ४.५ गोलाईको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय वीरगंजले जनाएको छ। 

 

गृह मन्त्रालयको निर्देशन अनुसार एसपी गौतम मिश्र केही दिन अघि मात्र जिल्ला प्रहरी कार्यालय वीरगंजको कमाण्ड सम्हालेका थिए।

 

उनी जिल्ला प्रहरी कार्यालय बारामा पनी डिएसपीको रुपमा काम गरिसकेका छन्। बारा संगै जोडिएको पर्सा जिल्लामा हुनेगरेको तस्करी तथा लागुऔषध कारोवार नियन्त्रण संगै आपराधिक क्रियाकलाप न्यून गर्ने पहिलो प्राथिकतामा रहेको एसपी मिश्रले बताएका छन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।