शान्ति समाजको सभापतिमा रेनुका पौडेल निर्वाचित

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा अधिवक्ता रेनुका पौडेल निर्वाचित भएकी छन्।

२०८१ माघ १७ गते गैडाकोटमा सम्पन्न समाजको २७औं राष्ट्रिय परिषद् बैठकका दौरान सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा वरिष्ठ उपसभापतिमा राजेन्द्र पौडेल, उपसभापतिमा अधिवक्ता लक्ष्मीनारायण मिश्र, उपसभापति (महिला)मा अधिवक्ता धन थापा, महासचिवमा प्रकाश शाही र कोषाध्यक्षमा चन्द्रमणी बन्जारा निर्वाचित भएका छन्।

यसैगरी सचिव कोशी प्रदेशमा सन्तोष रौनियार, सचिव मधेस प्रदेशमा प्रेमचन्द्र पटेल, सचिव बागमती प्रदेशमा दिवाकर पुडासैनी, सचिव गण्डकी प्रदेशमा तीर्थराज न्यौपाने, सचिव लुम्विनी प्रदेशमा धनपति (डिपी) खनाल, सचिव कर्णाली प्रदेशमा दिल्लीप्रसाद जैसी, सचिव सुदूरपश्चिम प्रदेशमा भक्तबहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती)मा डोरविक्रम श्रीस, सचिव (महिला)मा रेनुका देवकोटा, सचिव (दलित)मा तुलसीराम सुनार, सचिव (मधेसी)मा ज्योति बाल्मिकी निर्वाचित भएका छन्।

१० जना सदस्यमा उमा गोतामे, सुशिला रिजाल, कौशल्या खनाल, निरमाया मिजार, अरुण ज्ञवाली, भानुभक्त रिमाल, निर्मला गौतम, सिताराम कोइराला, शम्भु राउत, लालहरी पाण्डे निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित पदाधिकारी/सदस्यलाई निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता डिल्लीबहादुर कार्कीले माघ १७ गते अपराह्न आयोजित समापन समारोहमा प्रमाणपत्र प्रदान गरेका थिए।

अब केन्द्रीय कार्यसमितिको बैठकले शान्ति समाजको विधान अनुरुप न्यूनतम ५ जना महिलासहित ६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।