प्रहरीले चलायो पोखराका ‘ट्यापे-मुन्द्रे’ तह लगाउने अभियान

कास्की- कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ।

सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली, गल्लीमा मानिसलाई त्रसित बनाउँदै हिँड्छन्।

कास्की प्रहरीले भने यसरी चर्को आवाजमा मोटरसाइकल चलाउनेमाथि धमाधम कारबाही थालेको छ। प्रहरीले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने त्यस्ता ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

माघ १४ देखि थालिएको उक्त अभियानमा आइतबारसम्ममा ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताए।

प्रहरीले चलाएको अभियानमा नियन्त्रणमा परेका अधिकांश मोटरसाइकल बुलेट रहेका छन्। बुलेट मोटरसाइकलको साइलेन्सर पाइपमा स्वरुप परिवर्तन गरेर रबरको पाइप लगाएर आतंक मच्चाउँदै हिँडेको पाइएको छ।
उनका अनुसार ती मोटरसाइकल आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको छ।

आफ्नो सवारीसाधन निर्वाध सञ्चालन गर्न पाउनु व्यक्तिको अधिकार भए पनि सामाजिक सु-व्यवस्थामा खलल पुर्‍याउने कार्य भएपछि न्यूनीकरण गर्न यस्तो अभियान चलाइएको शर्माले बताए।

प्रहरीले चर्को आवाजमा ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयमा फोन गरेर सूचना दिन अनुरोध गरेको छ।

यो अभियानमा पटक-पटक ध्वनी प्रदुषण गरेको पाइएमा कुनै कसुर आकर्षित गरी कारबाही थाल्ने प्रहरीको योजना छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।