सिरहामा चुरे दोहन गरी सडक निर्माण, मुकदर्शक नियामक निकाय

मुकेश कुमार यादव/सिरहा । पछिल्लो समय सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा राष्ट्रिय वन, सामुदायिक वन, खोला , तथा निजि आवादी जग्गाहरुबाट अनियन्त्रित रुपमा ग्राभेल उत्खनन् गरी सडक निमार्ण गर्ने गरेको पाईएको छ।

 

ठेक्केदार कम्पनिहरुले स्थानिय प्रहरी प्रशासन, जनप्रतिनिधि, वनका कर्मचारी, सामुदायीक वनका अध्यक्षलाई आर्थिक प्रभावमा पारी सडक निमार्णका लागी आवश्यक सामाग्रीहरु माटो, ग्राभेल, र वालुवाहरु नजिकैकाे चुरे मासेर भएपनि सडक निमार्ण कार्य गर्ने गरेको पाईएको हो।      

 

यसको उदाहरण हो । सिरहाको गोलबजार ननगरपालिका ७ चोहर्वा वजारदेखि वडा नम्वर १० ध्रमपुर घुर्मीघाटसम्म भैईरहेको सडक निर्माणमा चुरे चौफाल सातपत्रे सामुदायिक वन क्षेत्रबाट वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ, वन कर्मचारी र प्रहरी प्रशासनकै मिलेमत्तोमा ग्राभेल उत्खनन् भैरहेको स्थानियहरु बताउँछन्।  

 

स्थानियहरुका अनुसार ‘रातको समयमा वनभित्रै स्काभेटर लगेर सालको रुख ढाल्दै ग्राभेल उत्खनन् गरी टिफरमा ओसार्ने गरेको छ। यो विषयमा नियामक निकाय सवैलाई जानकारी छ तर कसैले चुइक बाेल्दैनन्। वन उपभोक्ता समूहका अध्यक्ष देवकुमार तामाङ त झन आफनै रोहवरमा चुरे उत्खनन् गराउछँन। उत्खननकाे क्रममा ढलेको सालको रुख पनि टिफरमा लोडगरी स्थानिय स–मिलहरुमा विक्रि वितरण गरिएको छ। वनको कर्मचारीलाई जानकारी गराउँदा समेत रुखको विषयमा केहि बोल्दैनन्।

 

स्थानिय प्रमोद कुमार सिंहका अनुसार ‘उपभोक्ता समूहका अध्यक्ष तामाङले नै आफनै निजि जग्गाबाट करीव एक सय टिप माटो तथा ग्राभेल दिएका छन । 

 

वनका कर्मचारी, जनप्रतिनिधी सवैलाई जानकारी छ। तर, यो उत्खनन् रोक्न कोही अग्रसर देखिनन्। उनले भने, ‘उत्खनन् को वारेमा हामिले पटक–पटक वनका कर्मचारी, सामुदायीक वनका अध्यक्ष, प्रहरी र जनप्रतिनिधि सहितलाई जानकारी गराएपनि सरोकारवाला निकायले कुनै वास्ता गरेनन्।   

 

जिम्मेवार निकाय नै उत्खनन् कर्ताको पक्षपोषणमा लाग्दा प्राकृतिक सम्पदाको अनियन्त्रित दोहनले उत्खनन् भईरहेको वरिपरिका स्थानियहरु त्रसित भएका छन। 

 

त्रसित स्थानियहरुले चुरे दोहन बन्द गर्न र उत्खनन् गराउने सामुदायीक वनका अध्यक्ष देवकुमार तामाङमाथी कारबाही गर्न नाम किटान गरी वडा नम्बर १० को वडा कार्यालयमा सामूहिक उजुरी दिएको वडा अध्यक्ष उपेन्द्र मुखियाले जनाए। उनले भने, ‘स्थानियहरुलाई डराई धम्काइ वन नै मासेर ग्राभेल उत्खनन गरेको स्थलगत अनुगमनमा जादा देखिएको छ । यो वडावासिको लागि अत्यन्तै गम्भीर बिषय हो। स्थानीयले दिएको निवेदनको आधारमा सम्बन्धित निकायलाई  दोषी उपर छानबिन गरि कडा कार्यवाही गर्न पत्र पठाइदिएको छु।’ 

 

संरक्षणको जिम्मा पाएको सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी नै उत्खनन् गराउन सक्रिय रहेको स्थानियको आरोप छ। 

 

चुरे चौफाल सातपत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देव कुमार तामाङ्गसंग सामुदायीक वन भित्रैवाट उत्खनन् भईरहेको छ? यो कसरी सम्भव भएको हो? तपाईलाई यसवारे जानकारी छ की छैन? भन्ने प्रश्नमा उनले अल्मलिएर भन्ने, ‘ आफूलाई उत्खनन् बारेमा कुनै जनकारी नै छैन। एकछिन पछि, त्यो त निजि जग्गा हो। यो सडक निमार्णमा मैलेपनि सयौँ टिफर माटो तथा ग्राभेल दिएको छु।’  उनले यहाँ रातभरी वन तथा खोलाबाट उत्खनन् भईरहेको स्विकार गरेका छन ।

 

उनले थपे, ‘यहाँ रात परेपछि वन तथा खोलामा स्काभेटर लगाएर उत्खनन् भईरहेको हुन्छ। यहाँ सवैको मिलेमत्तो छ। मेरो एक्लो प्रयासले त्यो रोकिंदैन।’

 

तर अध्यक्ष तामाङ्गले नै ठेकेदारलाई स्थानीय स्तरमा ग्राभेल र माटो उत्खनन् गर्न सघाउने  गरेको स्थानियहरुको आरोप छ। 

 

यता,डिभिजन वन कार्यालय लहानका डिभिजनल प्रमुख शैलेन्द्र कुमार मिश्राले उत्खनन् भएको विषयमा हामीले अनुसन्धान गरिरहेको बताए। उनलेभने, ‘प्रहरीले स्काभेटर समाएको भन्ने सुनेको छु। हामीले पनि अनुसन्धान गरिरहेका छौं। दोषि उम्किनु हुँदैन। त्यसको लागि सवैको सहयोग आवश्यक छ।’

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर साहले भने सडकमा रहेको ग्राभेल सम्याउने क्रममा स्थानीयले मिलाउन नदिएर विवाद भएपछि स्काभेटर सुरक्षाको लागि ल्याएर नगरपालिकाको जिम्मा लागाएको बताए। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।