‘अज्ञात राेग’ले भैसी धमाधम मर्न थाले, किसान चिन्तित

बिशाल बस्नेत/  महोत्तरी, २२ माघ । अज्ञात रोगका कारण महोत्तरीको उत्तरी क्षेत्रमा पशु चौपाया धमाधम मर्न थालेका छन् ।

 

बर्दिवासस्थित किसाननगर, कृष्णपुर लगायतका ठाँउहरुमा धमाधम घरपालुवा जनावर मर्न थालेका हुन ।

स्थानिय गाेपाल कार्कीका अनुसार बिगत ५ दिनको अन्तरालमा मनहरिपुरको राउत टोलमा मात्र २ वटा भैसी मरिसकेको छ भने  अन्य किसान पूर्णबहादुर पौडेल र सरस्वति कार्कीको दुहुनो भैसी एक्कासी मरेको जनाइएकाे छ। 

 

यसअघि हनुमान चोकमा अर्को किसानको भैसी समेत मृत अवस्थामा भेटिएको थियो । भैसीहरुमा कुनैपनि रोगको लक्षण नै नदेखी धमाधम मर्न थालेपछी किसानहरुको चिन्तित बनेका छन् । ‘बेलुका दुध दोहोएर गोठमा सारेको भैसी बिहान मरिराखेको रहेछ,’ सरस्वति कार्कीले भनिन,  ‘एकै त लाख १५ हजार भन्दा बढी पर्ने भैसी गुमाउनु पर्र्यो ।’

 

भैसीहरु किन मरे भन्ने बिषयमा नगरले अनुसन्धान अगाडी बढाउन सकिएकाे छैन । यदपि यो विषयमा नगरको कृषि शाखालाई ध्यानाकर्षण गराईसकेको किसानहरुले बताएका छन् । तर नगर पशु स्वास्थ्य शाखाले भैसीहरु महामारीको कारण नभई कुनै खानामा विषादी भएको कारण मरेको हुन् सक्ने अनुमान गरेको छ ।

‘अहिलेसम्म कुनै त्यस्तो महामारीको लक्षण देखिएको छैन्,’ पशु स्वास्थ्य शाखाका अधिकृत मोहन खडकाले भने, ‘हामीलाई यो विषयमा किसानहरुले जानकारी गराएका थिए तर त्यस्तो माहामारी नै हो भन्ने हैन की खानामा विषादी अर्थात फुड पोइजन भएको हुन् सक्छ ।’ यद्दपी, थप अनुसन्धान भइरहेकाे उनले जनाए । 

 

वडा अध्यक्ष पदम आलेमगरले पनि अहिले मरेका भैसी रोग महामारीको कारण नभई अन्य कुनै कारणले मरेको हुन् सक्ने बताएका छन् । अहिले बर्दिवासको यो वडा नं.६ मात्र १५ सय भन्दा बढी भैसी किसानहरुको गोठमा रहेको अनुमान गरिएको छ ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖