अर्थ सहित ४ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २३ माघ । संघीय संसदका चारवटा समितिको बैठक बस्दैँछ ।
 
संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालय बस्नेछन् ।
 
जसअनुसार अर्थ समितिको बैठकमा २०८१ माघ ११ देखि १६ सम्म समितिले गरेको विभिन्न भन्सार कार्यालयहरूको स्थलगत अनुगमनबाट देखिएका नीतिगत, व्यवहारगत एवम् भन्सार प्रशासनसँग अन्तरसम्बन्धित विषयमा अर्थ मन्त्रालय, भन्सार विभाग र अन्य सरकारी निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राजस्व अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग) सँग छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको नेपालमा बाँदरको कहर नियन्त्रण सम्बन्धमा सरोकारवालासँग छलफल हुने जनाइएको छ । 
 
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ । जुन बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।
 
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपालको निर्वाचन प्रणाली सम्बन्धमा निर्वाचन आयोगको धारणाका बारेमा छलफल हुनेछ । जुन बैठकमा दिउँसो १ः०० बजे हुनेछ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।