मूर्ति सेलाउँदा डुबेर बेपत्ता प्रअको छोराको शव १४ घन्टा पछि फेला

सञ्जय मिश्रा /रौतहट, २३ माघ। रौतहटको पूर्वि भेग राजदेवी नगरपालिका छेउ बागमती नदीमा सरस्वतीको मुर्ती विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएको प्रधानाध्यापकको छोरा विद्यार्थीको शव १४ घन्टा पछि फेला परेको छ।

राजदेवी–६ स्थित बागमति नदीमा मूर्ति सेलाउन गएका वडा ७ मुडवलवाका विद्यार्थीहरू मध्ये बर्ष २२ का सुरज यादव मंगलवार साँझ पौने ७ बजे डुबेर बेपत्ता भएका थिए।

बाग्मती नदीमा सरस्वतीको मुर्ति बिसर्जन गर्न गएको र अबेर सम्म घर नफर्केको हुदाँ निजको आफन्तले सोही नदीमा खोजी गर्दै प्रहरीलाई खबर गरेका थिए।

खबर लगत्तै सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको बीरदल गण रौतहटबाट संयुक्त टोली खटिई गएको संयुक्त टोलीले खोजि गर्दै जादाँ आज बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मीटर दक्षिण बागमती नदीमा डुबेको अवस्थामा विद्यार्थीको शव फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्। 

 

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
मृतक विधार्थी स्थानिय प्राबि मूडबलावाका प्रधानाध्यापक उमेश यादवको छोरा रहेका थिए।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।