नगरभित्र अवैध मदिराको कारोबार बढेपछि नगरपालिकाको ध्यानाकर्षण

सप्तरी- सप्तरी जिल्लाको राजविराज नगर क्षेत्रभित्र अवैध मदिरा उत्पादन तथा अव्यवस्थित खुलमखुल्ला बिक्री वितरणको कारण महिला तथा बालबालिका असुरक्षित भएको भन्दै एक सामाजिक संस्थाले त्यसविरुद्धमा आवाज उठाएको छ।

नगरक्षेत्रमा जताततै अनियन्त्रित रूपमा सञ्चालनमा रहेको अवैध मदिरा पसल तथा उत्पादन गर्ने भट्टीहरूलाई नियन्त्रण गर्न तराई-मधेश महिला फाउण्डेशनले नगरपालिकाको ध्यानाकर्षण गराएको हो।

फाउण्डेशनकी अध्यक्ष सुनिता साह क्रान्तिको नेतृत्वमा गएको महिला टोलीले बुधबार राजविराजकी कार्यवाहक मेयर इसरत परविनलाई ध्यानाकर्षण पत्र बुझाएको थियो।

नगर क्षेत्रभित्रका अव्यवस्थित रुपमा मदिरा पसलहरू सञ्चालन गर्न इजाजत दिइएको अवस्था विद्यमान रहेको छ।  मदिरा पसल सञ्चालन तथा समय सिमा निर्धारण नगरी मदिरा सेवन गर्ने केही व्यक्तिहरूले बाटो हिँड्ने महिला, दुर्व्यवहार गर्ने गरेको गुनासो बढ्दै गएको छ।

उक्त अवस्थाप्रति हाम्रो गम्भीर ध्यानआकर्षण भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ। यसप्रकार खुलेआम जथाभावी मदिरा पसल सञ्चालनको इजाजत, मदिरा सेवन गर्ने समय, बाटोघाटोमा मदिरा सेवन गरी गरिरहेको अभद्र व्यवहार र तनाव व्यवस्थापन गर्न गराउन नगरपालिकालाई ध्यानआकर्षण गराएको फाउण्डेशनकी अध्यक्ष क्रान्तिले बताएकी छन्।

यस्ता कियाकलापलाई समयमा नियन्त्रण गर्न गराउन अपिल गर्दै समस्या समाधानका लागि आवश्यक पहल नगरिए बाध्य भएर विरोधका कार्यकम अघि सार्ने अध्यक्ष क्रान्तिले चेतावनी दिइन्।

लामो समयदेखि फाउन्डेसन महिलाहरुको हकहितको लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।