चोरीको मोटरसाईकल सँगै लाखौंको भन्सार छलीको सामान बरामद

रौतहट ,२६ माघ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतसमेतबाट खटिएको प्रहरी गस्ती टोलीले चेकिङ्गको क्रममा विभिन्न स्थानबाट लाखौंको भन्सार छलीको समानसँगै २ जनालाई पक्राउ गरेको छ।

 

गौरबाट चोरी भएको भारतीय नम्बरको एउटा मोटरसाईकल ६ दिन पछि प्रहरीले बरामद गरेको हो । विभिन्न सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध रुपमा भारतबाट भन्सार छली ल्याउँदै गरेको ३ लाख ४१हजार ४८५ रुपैयाँ बराबरको किराना, कपडा, कस्मेटिक, स्पेयर पार्ट, भाडाकुँडा, मोटरसाईकल २ थान र  २ जना तस्करलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

 

बरामद सामान, मोटरसाईकल संगै दुवैजना तस्करलाई आवश्यक कारवाहीको लागि शुक्रवार गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ।

उता गौर बजार क्षेत्रबाट गत १७ गते चोरी भएको भारतीय नम्बर विआर ०५ एवाई ६८६३ को अपाचे मोटरसाईकल गौर नगरपालिका–८ पुरेनवाबाट प्रहरीले बरामद गरी सम्बन्धित धनीलाई बुझाएको सहप्रवक्ता उमाशंकर प्रसाद द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।