तेजबहादुर–कृष्णमाया बिष्ट स्मृति प्रतिष्ठानद्वारा जेहेन्दार छात्रबृद्धि प्रदान

बिराटनगर । ७ भाई छोराहरु मिलेर स्थापना गरेको तेजबहादुर–कृष्णमाया बिष्ट स्मृति प्रतिष्ठानले शिशुकक्षा देखि कक्षा ५ मा प्रथम, दितिय र तृतिय हुनेहरुलाई जेहेन्दार छात्रबृद्धि साथै बिद्यालयमा अध्ययनरत सबै छात्र–छात्राहरुलाई शैक्षिक सामग्री प्रदान गरेका छ ।

बराहक्षेत्र नगरपालिका वार्ड न. १ बगुवा स्थित श्री भगवती आधारभुत बिद्यालयमा अध्ययन गर्ने सबै बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको छ । शिशु कक्षा देखि कक्षा ५ उर्तीण गरेका प्रथम, द्धितिय र तृतिय हुनेहरुलाई ब्याग सहित शैक्षिक स्टेशनरीले पुरस्कृत गरेको प्रतिष्ठानका अध्यक्ष अबिजाल बिष्टले जानकारी गराएका छन् ।

हरेक बर्ष बिद्यालयको बार्षिक उत्सवमा एउटै आमाबुबाबाट ७ भाई छोराहरु जन्मेर आफना बुवा आमाको नाममा स्थापना गरेको तेजबहादुर– कृष्णमाया बिष्ट प्रतिष्ठानको नाम रहेको अक्षयकोषबाट प्राप्त ब्याज अनि नपुग थप रकम जम्मा गरी ब्याग, स्टेशनरीहरु, शैक्षिक सामग्रीहरु बितरण गर्दे आईरहेको छ । ७ छोराहरु राजकुमार, जिवनकुमार, हरिबहादुर, बासुदेब, कृष्ण बहादुर, भक्तबहादुर, अबिजाल बिष्ट साथै नातिनातिनाहरुको सल्लाह अनुसार अक्षयकोषमा यसै बर्ष अझ थप रकम जम्मा गर्ने समेत अध्यक्ष अबिजाल बिष्टले बताएका छन् ।

बि.स. २०१९ साल देखि पढाई शुरु भए पनि बिधिबत बि.स.२०३० सालमा दर्ता भई बिद्यालय सन्चालन भै एक सय जना भन्दा बढी बिद्यार्थीहरु हाल अध्ययन गरिरहेका छ । बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष राजु थापाको अगुवाईमा बिद्यालयमा शैक्षिक गुणस्तर, बिद्यालयको भोतिक ब्यबस्थापन, बिद्यालयमा हरियाली गार्डेनिगं लगायतका काम भैरहेको तर स्रोतको कमीको कारण दातृ संस्थाहरुको खोजी, मन भएका दाताहरुसंग सहयोग मागिरहेको, खोजीरहेको अध्यक्ष थापाले बताएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले आफै अध्ययन गरेको बिद्यालयमा पुर्ब बिद्यार्थी अबिजाल बिष्टले बिराटनगर बसेर आमाबुवाको नाममा अक्षयकोष खडागरी नियमित छात्रबृद्धि दिने कामको प्रंसासा गर्दैै अझै थप भौतिक पुर्बाधार, कार्याक्रम गर्न स्टेज समेत बनाई दिन प्रतिष्ठानका अध्यक्ष तथा बिद्यालयका पुर्ब बिद्यार्थी अबिजाल बिष्टसंग आग्रह गर्नु भएको छ ।

यसै सन्दर्भमा नगरपालिकाको तर्फबाट फुलबारी बनाउन तुरन्तै सहयोग गर्ने बचन समेत गर्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।