सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलको २८ औं वार्षिकोत्सव

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक र सीपमूलक शिक्षाबाट मात्रै रोजगारीका अवसरहरु प्राप्त हुने बताउनुभएको छ ।

विराटनगरस्थित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुलको २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै मेयर कोइरालाले प्राविधिक ज्ञान र सीप बिना अब जतिसुकै अध्ययन गरे पनि रोजगारी नपाउने दाबी गर्नुभयो । हातमा सीप र प्राविधिक ज्ञान नभए चारवटै विषयमा डिग्री गरे पनि रोजगारी पाउन नसक्ने उहाँको भनाइ थियो ।

मेयर कोइरालाले विद्यालयस्तरदेखि नै रोजगारमूलक शिक्षामा जोड दिनु आवश्यक रहेको औंल्याउनुभयो । ‘अबको जमाना आइटीको मात्रै नभएर एआईको जमाना हो । समयअनुसारको शिक्षा दिन सकेमात्रै उत्पादित जनशक्तिका लागि रोजगारी प्राप्त हुन सक्छ,’ मेयर कोइरालाले भन्नुभयो, ‘विश्व नै अहिले ग्लोवल भिलेजका रुपमा परिणत भएको छ । आइटीमा राम्रो ज्ञान भएमा नेपालमै बसेर पनि विश्वको जुनसुकै देशको काम गर्न सकिन्छ । यसबाट विदेशी मुद्रा पनि भित्रिन्छ ।’

मेयर कोइरालाले रोजगारी सिर्जना र शिक्षाको गुणस्तर वृद्धिमा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको औंल्याए । सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा महानगरपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको कोइरालाले सुनाए । कार्यक्रममा नर्सरीदेखि १२ कक्षासम्मका उत्कृष्ट विद्यार्थीहरुलाई विभिन्न विधाका पुरस्कारहरु वितरण गरिएको थियो ।

विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख जीवन गड्तौला, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कोशी प्रदेशका निमित्त प्रमुख शालिग्राम दाहाल, विद्यालयका संस्थापक प्राचार्य त्रिलोचन गौतम, सहप्राचार्य रोहिणीरमण दवाडी, अभिभावक तारानाथ निरौलालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नाटक, विभिन्न जातीय पहिरन नृत्य तथा गीत प्रस्तुत गरेका थिए । विद्यालयमा करिब १५ सय विद्यार्थी अध्ययनरत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।