चेतना संरक्षण प्रतिष्ठानद्वारा विभिन्न क्षेत्रका व्यक्तिहरू पुरस्कृत

विराटनगर । चेतना संरक्षण प्रतिष्ठान नेपाल विराटनगरले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई पुरस्कृत गरेको छ ।

२० औं वार्षिकोत्सवको अवसर पारेर विराटनगरमा आयोजित विशेष समारोहमा प्रतिष्ठानले साहित्य, पत्रकारिता, धर्मसंस्कृति, कलालगायतका विभिन्न विधाका पुरस्कार समर्पण गरेको हो । प्रतिष्ठानले १ लाख ५१ हजार नगद राशिको धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार यस वर्ष साहित्यकार चूडामणि बन्धुलाई समर्पण गरेको छ । त्यस्तै जनही ५१ हजार राशिको बालकिशन÷नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्मसंस्कृति चेतना पुरस्कार भानुभक्त जोशी (बझाङ), ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार इन्दिरा राना मगर (झापा)लाई प्रदान गरियो । राना मगर प्रतिनिधिसभाकी उपसभामुखसमेत हुन् ।

त्यस्तै जनही ५१ हजार राशिकै नरेश सुवेदी साहित्यिक पत्रकारिता पुरस्कार पत्रकार कमल पौडेल (मोरङ), भूपेन्द्र–शोभा रिजाल ललितकला चेतना पुरस्कार कलाकार सन्तोष पन्त (काठमाडौं), डा. नरेन्द्र÷योगमाया÷भवानीशंकर चापागाईं युवा प्रतिभा चेतना पुरस्कार युवा प्रतिभा रामजी राम (रौतहट), केदारनाथ÷मञ्जु सत्याल बाल प्रतिभा चेतना पुरस्कार बालप्रतिभा आभाष ढकाल (स्याङ्जा) लाई प्रदान गरिएको थियो । यसै वर्षदेखि वितरण गर्न थालिएको १ लाख १ हजार राशिको जगतबन्धु–अञ्जु कार्की साहित्य सेवा चेतना पुरस्कार महाकाव्यकार सोमराज अभयलाई प्रदान गरियो ।

कार्यक्रममा प्रमुख अतिथि महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख प्रा.डा. बाबुराम तिम्सिना, आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदी, पुरस्कारका संस्थापक दीनबन्धु गोयल, हरिभक्त सिटौला, दिनेश सुवेदी, बेनिगोपाल मुन्दडा, अञ्जु कार्की, सरला चापागाईंलगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद राशि प्रदान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तिम्सिनासहित पुरस्कारका संस्थापक, कवि दिङ्लाली कान्छो, हरिप्रसाद बराल, मीनकुमार नवोदित, निर्मला कोइरालालगायतले पुरस्कृत व्यक्तिहरुको व्यक्तित्व र कृतित्वका विषयमा चर्चा गरे ।

प्रतिष्ठानले स्थापनादेखि नै विभिन्न साहित्यिक, सांस्कृतिक र धार्मिक गतिविधि गर्दै आएको छ । हरेक महिनाको पहिलो शुक्रबार मासिक कार्यक्रम, मकालु टेलिभिजनबाट चेतना प्रवाह, त्रैमासिक रुपमा चेतना सन्देश पत्रिका प्रकाशन गरेर प्रतिष्ठानका गतिविधिलाई व्यापक बनाउँदै लगेको आयोजक संस्थाकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिइन् । उनले साहित्यबाहेक समसामयिक विषयमा बहस, विचार गोष्ठीसमेत आयोजना गर्ने गरेको बताइन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।