भन्सार छलीका सामान सहित चार जना पक्राउ

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरीको गस्ती टोलीले विभिन्न स्थानबाट भन्सार छलीका सामानसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा राजदेवी नगरपालिका-२ का २२ वर्षीय धनदीप बैठा, १८ वर्षीय शेख अफरोज, मौलापुर नगरपालिका-६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नगरपालिका-६ का २० वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले राखेको चेकप्वाइन्टबाट १ लाख ३३ हजार ५८५ रुपैया बराबरको भन्सार छलेर ल्याएका स्पेयर पार्टस्, किराना सामानहरूसहित उनीहरूलाई पक्राउ गरेको हो।

बरामद सामानसहित बिआर०५इ ४४०२ नम्वरको मोटरसाइकलमा सवार चारैजनालाई आइतबार आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।