इशनाथ नगरपालिकामा गुप्ताको आगमनपछि विकासका कामसँगै सुलभ सेवा प्रवाह

रौतहट – रौतहट जिल्लाको दक्षिणीभेग भारतीय सीमासँग जोडिएको इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा नन्दकिशोर गुप्ताले जिम्मेवारी पाएपछि विकास निर्माणका कामका साथै सुलभ तरिकाले सेवा प्रवाह सुरू भएको छ।

सामान्य प्रशासन मन्त्रालयबाट गत भदौ १७ गते इशनाथको प्रमुख प्रशासकीय अधिकृतको रूपमा उपसचिव गुप्ताले जिम्मेवारी लिएका थिए। उनी नगरपालिकामा आएसँगै विकास निर्माणका कामदेखि सम्पूर्ण प्रशासनिक सेवा सुलभ तरिकाले प्रवाह हुन थालेको हो।

हाल नगरमा विकासका आयोजना, सामाजिक सुरक्षा भत्ता वितरण, कर्मचारी व्यवस्थापन, दैनिक ज्यालादारी तथा करार सेवामा कार्यरत् कर्मचारीको तलब भुक्तानी समयमा भइरहेको छ।

यसअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा सामाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता, ज्येष्ठ नागरिक भत्ता, अपांग भत्ता वितरणलगायत आर्थिक तथा प्रशासनिक कार्य प्रभावित भएका थिए।
गुप्ता आउनुअघि इशनाथ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै विषयमा पटक-पटक विवाद हुँदै आएको थियो।

भदौ १७ गते उनी हाजिर भएपछि निर्धारित समयमा शिक्षक कर्मचारीको तलब, विकास निर्माणको अनुगमन भुक्तानी भइरहेको इशनाथकी मेयर कौशल्या देवीले बताइन्। मेयर देवीका अनुसार हाल नगरभित्रका शिक्षा, स्वास्थ, कृषि, पशु सेवालगायत वडाहरूबाट सेवाग्राहीको काम छिटो-छरितो भइरहेको छ।

त्यति मात्र नभई प्रमुख प्रशासकीय अधिकृत गुप्ताको सक्रियताले तोकिएको समयभित्रै इशनाथको हिउँदे अधिवेशन सम्पन्न भएको मेयर देवीले जानकारी दिइन्।

रौतहटका १८ स्थानीय निकायमध्ये अधिकांशमा जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतबीच विभिन्न कारणले पटक-पटक विवाद हुँदै आएको छ। तर, अधिकृत गुप्ताले जनप्रतिनिधिदेखि नगरबासीको चाहना अनुसार काम गर्ने गरेको कारण इशनाथको सम्पूर्ण गतिविधिमा सुधार आएको स्थानीय सञ्चारकर्मी किशोरी यादवले बताए।

नगरक्षेत्र अन्तर्गत रहेका सामुदायिक विद्यालयको शिक्षाको अवस्था र स्वास्थ्य संस्थाबाट प्राप्त भइरहेको उपचार सेवामा अझै प्रभावकारी बनाउनु पर्ने सञ्चारकर्मी यादवले सुझाव दिएका छन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।