सन्तोष बस्नेतले सम्हाले रौतहट सशस्त्र प्रहरीको कमाण्ड, मेयरद्वारा स्वागत

रौतहट – सशस्त्र प्रहरीका एसपी सन्तोष बस्नेतले रौतहट जिल्लास्थित सशस्त्र प्रहरीको कमाण्ड सम्हालेका छन्।

एसपी बस्नेतले सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर रौतहटको प्रमुखको रूपमा  जिम्मेवारी सम्हालेका हुन्।

सशस्त्र प्रहरी बल ३ नम्बर बाहिनी मुख्यालय चितवनबाट सरुवा भएर आएका एसपी बस्नेतले विधिवत रूपमा सोमवार सशस्त्र प्रहरी रौतहटको प्रमुखको जिम्मेवारी सम्हाले। २०६० सालमा उनी इन्स्पेक्टरबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका थिए।

यसअघि सशस्त्र प्रहरी रौतहटका जिल्ला प्रमुख एसपी विक्रम हुमागाईंको सशस्त्र प्रहरी बल बाहिनी पकली सुनसरी सरुवा भएको थियो।

यसैबीच, एसपी सन्तोष बस्नेतलाई मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले सम्मानसहित स्वागत गरेकी छिन्।

सोमबार मेयर साह सशस्त्र प्रहरी बल नम्बर ११ हेडक्वाटर गौर पुगेर एसपी बस्नेतलाई खादा ओढाएर स्वागत गर्दै कार्यकाल सफलताको अग्रिम शभकामना दिएकी छिन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।