५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद

सञ्जय मिश्रा /रौतहट, २९ माघ। बारास्थित प्रहरीको गस्ती टोलीले छुटाछुटै स्थानबाट ५५ किलो गाँजा र १३ किलो अफिम र १ लाख भन्दा बढी रुपैयाँसहित २ जनालाई पक्राउ गरेको छ।

सोमवार राती साढे बजे बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट बरिष्ट सई टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले अमलेखगंज चोक स्थितमा हेटौडाबाट वीरगंजतर्फ जादै गरेको नम्बर नखुलेको मोटरसाईकल रोक्न खोज्दा झोला फाली फरार भएको थियो ।

उक्त झोला खोली हेर्दा  लागू औषध गाँजा २८ किलो (२ पोका) बरामद भएको बारा प्रहरी प्रवक्ता डीएसपी प्रकाश सापकोटाले न्युज कारखानालाई बताएका छन्।

त्यसै गरि आज बिहान साढे ९ बजे बरिष्ठ सई कार्कीकै कमाण्डमा गएको टोलीले अमलेखगंज चोक स्थितमा हेटौडाबाट वीरगंजतर्फ जादै गरेको बा.प्र.०२–०४४ प ६७५५ नम्बरको पल्सर मोटरसाईकल रोक्न खोजेको थियो। मोटरसाईकलमा सवार २ जना व्यक्तिले प्रहरी टोलीलाई देखी झोला र मोटरसाईकल फाली फरार भएको थियो।

उक्त झोला खोली हेर्दा  गाँजा २७ किलो ९० ग्राम ( २ पोका) ,आईफोन मोबाईल १ थान बरामद भएको प्रवक्ता सापकोटाले बताएका छन्। 

त्यस्तै आजै बिहान साढे ७ बजे प्रहरी चौकी पथलैयाबाट गएको प्रहरी टोलीले पथलैया चोक स्थितमा हेटौडाबाट वीरगंजतर्फ जादै गरेको प्रदेश २ ०३–००१ प १६१४ नम्बरको स्कुटीलाई रोक्न खोजदा नरोकी फरार भएको थियो ।

उक्त स्कुटीलाई  ईलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैया बाराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पच्छयाउदै जाने क्रम्मा सिमरास्थित सुर्य नेपाल अगाडी फेला पारी रोकी चेकजाँच गर्दा  लुकाई छिपाई लगिरहेको लागू औषध अफिम १३ किलो र नगद  १ लाख ३३  हजार ६ सय ५५ रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ। 

साथै, स्कुटी चालक जिल्ला मकवानपुर मनहरी गाँउपालिका ६ का बर्ष ५४ को सुर्य बहादुर मोक्तान र  पछाडी सवार मकवानपुर कैलाश गाउँपालिका ८ बस्ने बर्ष ४५ को भिम बहादुर मोक्तान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन्। 

बरामद लागुऔषध गाँजा, अफिम , मोटरसाईकल तथा दुईजना मानिस नियन्त्रणमा लिएको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।