पिकअपबाट २२ क्युफिट काठ बरामद

रौतहट –  गौर-चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत शिवनगर चोकमा सालको काठसहितको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।

नक्कली बिल भेटिएपछि प्रहरीले सालको काठ र पिकअपलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय शिवनगरअगाडि बुधबार अपराह्न चेकजाँचको क्रममा सालको ना४ख ८७९४ नम्बरको पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।

पिकअपमा कुनै कागजपत्र नभएको करिब २२ क्युफिट सालको काठका फर्निचर भेटिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताए।

बरामद काठसहितको पिकअप गाडी, चालकलाईआवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय रौतहटमा पठाइएको डिएसपी कार्कीले जानकारी दिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।