त्रिशूली नदीमा मोटरसाइकल सहित एक व्यक्ति खसेपछि…

काठमाडौ । त्रिशूली नदीमा मोटरसाइकलसहित एक व्यक्ति खसेका छन् । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चट्टाने भीर (दुईकिलो) भन्ने ठाउँमा मोटरसाइकल नदीमा खसेको हो । मोटरसाइकलको नम्बर बागमती प्रदेश ०६–०२प ९२०४ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए ।

बिहान ११ बजेर ५५ मिनेटको समयमा चितवन ईच्छाकामना गाउँपालिका–५ मुग्लिन–नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल नदीमा खसेको हो ।

मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।

डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र ब्लुबुक भेटिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।